काठमाडौँ: गुल्मी जिल्लाको भार्सेमा जन्मेर भारतमा फूटबल करियर बनाएका चर्चित पूर्व फुटबलर श्याम थापालाई मोहन बगान क्लबको सर्वोच्च सम्मान मोहन बगान रत्नको निम्ति चयन गरिएको छ।
ब्याकभली किंग समेत भनेर चिनिने थापालाई बिहीवार क्लबले यो बर्षको मोहन बगान रत्नको निम्ति चयन गरेको हो । आगामी जुलाई २९ तारिखका दिन मोहन बगान क्लबले आफ्नो स्थापना दिवसको अवसर पारेर सो अवार्ड थापालाई हस्तान्तरण गर्न लागेको टाइम्स अफ इण्डिया ले खबर छापेको छ ।
आफ्नो विख्यात ब्याक भलीले गर्दा चिनिने श्याम थापाले सन् १९६०-१९७० को दशकमा ईष्ट बेंगलबाट असाधारण प्रदर्शन गरेका थिए । त्यसपछि चीरप्रतिद्वन्द्वी मोहन बगानले १९७७ मा उनलाई त्यस समयको रेकर्ड ५० हजार रुपियाँमा आफ्नो क्लबमा अनुबन्धमा हासिल गरेको थियो । त्यस सत्रमा टीमले आईएफए शील्ड, रोवर्स कप र डूरण्ड कपक जीत्दै ह्याट्रिक गरेको थियो।
सात सीजनसम्म मोहन बगानबाट खेलेका थापा १९८२मा टिमाको कप्तान बनेका थिए । थापाले १९७७ मा पेलेको उपस्थिति भएको न्यूयोर्क कसमस विरुद्ध खेल्दै मोहन बगानबाट गोल समेत गरेका थिए।
ईस्ट बंगाल, गोर्खा ब्रिगेड, मफतलाल मिल्स हुँदै थापा भारतमा मोहन बगानबाट फुटबल खेलेका थिए । सन् १९७० देखी ७७ सम्म भारतको राष्ट्रिय टिमबाट फुटबल खेलेका थापाले सन् २००६-०७ मा नेपाली रास्ट्रिय टोलीको कोचको जिम्मेवारी समेत सम्हालेका थिए। गुल्मी न्यूज डटकममा यो खबर छ।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |