Place for ads

Awareness

गुल्मेली स्रष्टा बैकुण्ठ रायमाझीको नयाँ लोक दोहोरी गीत सार्वजनिक (भिडिओ सहित)



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Place for ads

गुल्मी: गुल्मेली स्रष्टा तथा संस्कृतिकर्मी बैकुण्ठ रायमाझीको नयाँ लोक दोहोरी गीत ‘पिरतीमा फूलबुट्टा भरेर’ सेरोफेरो नेपाल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ। जसमा स्वर चर्चित गायकद्वय तिलक बस्नेत र‌ शान्तिश्री परियारको रहेको छ भने शब्द संयोजन स्वयं बैकुण्ठ रायमाझीले गर्नुभएको हो।

मौसम हिमालीले निर्देशन गर्नुभएको म्युजिक भिडियोमा अभिनय चर्चित मोडल तथा अभिनेता हरिश निरौला ‘कक्रोज’ र करिष्मा ढकालको रहेको छ।

Get Vaccinated

विदेशी भूमिलाई कर्मथलो बनाए पनि नेपाली मौलिक लोक संस्कृतिको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएका रायमाझीका यस अघि पनि थुप्रै सिर्जनाहरू सार्वजनिक भइसकेका छन्।

आउनुहोस्, यो म्युजिक भिडियो हेरौँ र सक्दो शेयर गरौँ:


कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया