Smoking Causes Cancer

गुल्मीको मुसिकोटका चार घर पहिरोको जोखिममा



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

सागर भण्डारी, मुसिकोट: गुल्मीको मुसिकोट नगरपालिकामा ४ घर परिवार पहिरोको उच्च जोखिममा परेका छन्।

लगातारको वर्षाले वडा नं २ मा १ र वडा नं ३ मा ३ वटा घर उच्च जोखिममा रहेको वडा नं २ का वडाध्यक्ष रविन्द्र खत्रीले जानकारी दिए। घर माथिबाट पहिराको लेदो बगेकाले त्यस क्षेत्रका अन्य घर समेत प्रभावित भएका छन्

वडा नं ३ का स्थानीय बम बहादुर जोगी कुँवर, हर्क टमोटा सुनार र रामे दमाईको घर पहिरोको जोखिममा परेको छ। त्यस्तै वडा नं २ मा कमला विश्वकर्माको घर पहिरोको जोखिममा परेको वडाध्यक्ष खत्रीले जानकारी दिए।

सिंचाई
Forest
Ad.

उनीहरुको घर छेउ र माथिबाट पहिरो खसेका कारण जोखिम बढेको उनले बताए। मुसिकोट नगरपालिका मनसूनजन्य विपद शाखाले उक्त घरको स्थलगत निरिक्षण गरेको छ।

शाखाका असिष्टेन्ट शव ईन्जिनियर करन विष्टले उक्त पहिरोग्रस्त क्षेत्रको स्थलगत निरिक्षण गरी आवास पुर्न निर्माणका लागि संघ सरकारमा सिफारिस गरि पठाईएको जानकारी दिए।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया