Awareness Campaign

वडाध्यक्ष खड्का जसले आफ्नो तलब गर्भवती महिलाको पोषण स्वास्थ्यमा खर्च गर्छन्



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

सागर भण्डारी, गुल्मी: गुल्मीको मुसिकोट नगरपालिका वडा नं. ६ का वडाध्यक्ष खड्क बहादुर खड्काले आफ्नो तलब गर्भवती महिलाहरुको पोषण स्वास्थ्यका लागि खर्च गर्दै आउनुभएको छ।

दोश्रो कार्यकालको लागि वडाध्यक्ष पदमा निर्वाचित खड्काले आफ्नो पहिलो कार्यकालबाटै स्वास्थ्य संस्थामा सुत्केरी हुने गर्भवती महिलालाई पोषण कोशेली प्रदान गर्दै आउनुभएको छ। स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई प्रोत्साहन स्वरुप आफुले आफ्नो तलबबाट १ हजार रुपैयाँ दिने गरेको खड्काले बताउनुभयो।

पाँच वर्षमुनिका बालबालिका, किशोरी, गर्भवती तथा स्तनपान गराइरहेकी महिलाको पोषण अवस्था सन्तोषजनक गराउन र न्यून आय भएका व्यक्तिहरुलाई थोरै भएपनि सहयोग होस् भन्ने उद्देश्यले आफुले उक्त रकम दिँदै आएको खड्काको भनाई छ। नेपालमै पहिलो पटक आफुले यस्तो कार्यक्रम घोषणा गरेको दाबी गर्दै खड्काले अहिले देशका अन्य स्थानीय तहका वडाध्यक्षहरुले पनि यो कार्यक्रमलाई पछ्याएको उहाँले बताउनुभयो।

Forest
Forest
Ad.

खड्काले वडा नं ६ स्थित कुर्घा स्वास्थ्य चौकीमा सुत्केरी हुने वडा भित्रका महिलालाई उक्त रकम दिँदै आउनुभएको छ। उहाँले पहिलो कार्यकाल २०७४ देखि २०७९ हालसम्म उक्त स्वास्थ्य चौकीमा गर्भवती भएका ६७ जना गर्भवती महिलालाई सहयोग गर्नुभएको कुर्घा स्वास्थ्य चौकीकी अनमी पार्वती गाहाले जानकारी दिनुभयोे।

त्यस्तै दोश्रो कार्यकालमा पनि वडाध्यक्ष पदमा निर्वाचित उहाँले आफु निर्वाचित भएपश्चात अहिले पनि यो कार्यक्रमलाई निरन्तरता दिने घोषणा गर्नुभएको छ।

मुसिकोट नगरपालिकाका स्वास्थ्य संयोजक डिबी जिसीले वडाध्यक्ष खड्काले उदाहरणीय कार्य गरेको बताउनुभयो। न्यून पोषण भएका महिलाहरुलाई पोषण प्रवर्द्धन गर्न उहाँले रचनात्मक र उदारतापूर्ण काम गरेको भन्दै जिसीले अन्य वडाका वडाध्यक्षले पनि यो सिको गर्न सकेमा नगरपालिकाले लिएको जिरो होम डेलिभरीको लक्ष्य पुरा हुने विश्वास व्यक्त गर्नुभयो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया