Hi-Speed Computer

Awareness Campaign

अब गुल्मीका स्थानीय तहमा भुक्तानी लिनकै लागि कार्यालयमा धाइरहन नपर्ने



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मीः गुल्मीका स्थानीय तहमा अब भुक्तानी लिनका लागि स्वंयम कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य हुने भएको छ।

कोष तथा लेखा नियन्त्रण कार्यालय गुल्मीले जिल्लाका १२ वटै स्थानीय तहका लेखा अधिकृत र प्रमुख प्रशासकीय अधिकृतहरुलाई अनलाइन प्रर्णलीबाट भुक्तानी गर्ने गरी अभिमुखीकरण तालिम दिएपछि भुक्तानी लिनकै लागि कार्यालयहरुमा धाउनुपर्ने अवस्थाको अन्त्य हुने को ले नि का को कार्यालय गुल्मीले जनाएको छ ।

कार्यालयले शुक्रबार तालिमको उद्घाटन गर्दै केही दिनपछि स्थानीय तहमा भुक्तानी लिनका लागि व्यक्ति स्वंयम धाउनुपर्ने अवस्थाको अन्त्य हुने जनाएको छ ।

Forest
Forest
Ad.

योजना तथा भुक्तानी लिने संस्थाको बैंक खाताको विवरण, अनलाइनमा इन्ट्री गरेपछि भुक्तानी लिनकै लागि स्थानीय तहमा बारम्बार धाउनुपर्ने अवस्थाको अन्त्य हुने कोष तथा लेखा नियन्त्रक छबिन्द्र वेलवासेले जानकारी दिनुभयो ।

जिल्ला समन्वय अधिकारी भक्तिराम मरासिनीले तालिममा सिकेको ज्ञानलाई व्यवहारमा लागु गर्नुपर्नेमा जोड दिनुभयो । संचार र प्रविधिले उच्चतम प्रयोगले काममा सहजता आउने उहाँले दावी गर्नुभयो ।पहिले झोलामा नगद बोकेर हिड्नुपर्ने समयको स्मरण गर्दै उहाँले अब त्यी सबै अवस्थाको अन्त्य भएको उल्लेख गर्नुभयो ।

तालिममा सहभागी रुरुक्षेत्र गाउँपालिकाका लेखा अधिकृत मनिष पाण्डेले तालिम पश्चात भुक्तानीमा सहजता आउने बताउनुभयो । अनलाइन प्रर्णलीबाट भुक्तानी गर्दा सेवा ग्राहीहरुलाई कार्यालयमा धाइरहनुपर्ने अवस्थाको अन्त्य हुने र चेक साटिएन भनेर चिन्ता लिनु पनि नपर्ने उहाँको भनाई छ ।

तीन दिनसम्म चल्ने तालिममा सत्यवती गाउँपालिकाकी लेखा अधिकृत बिन्दु पन्थी , कोष तथा लेखा नियन्त्रण कार्यालका लालमणी भण्डारीले सहजिकरण गर्नुहुनेछ। खबर मार्केट डटकममा यो खबर प्रकाशित छ।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया