Hi-Speed Computer

Awareness Campaign

इस्मा गाउँपालिकाले दुना-टपरी उद्योग सञ्चालन गर्ने



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

प्रेम सुनार, गुल्मी: गुल्मीको इस्मा गाउँपालिकाले स्थानीय महिला तथा बेरोजगार युवाहरुलाई स्वरोजगार बनाउने उद्देश्यका साथ दुना–टपरी उद्योग सञ्चालन गर्ने भएको छ। पदभारग्रहण गर्दा पालिका प्रमुख भगतसिंह खड्काले गरेका पहिलो निर्णय अन्तर्गत दुना–टपरी उद्योग सञ्चालन गर्न लागिएको र हालै सम्पन्न गाउँसभाबाट पनि पारित भएको इस्मा गाउँपालिका उपाध्यक्ष तथा प्रबक्ता पार्वती कुँवरले जानकारी दिईन।

उनका अनुसार पालिकाको ८० प्रतिशत र समुदायको २० प्रतिशत लगानीमा दुना–टपरी उद्योग सञ्चालन गरिने भएको हो । तत्काल मेशिन खरिद गर्नका लागि गाउँसभाबाट ३ लाख रुपैयाँ बजेट विनियोजन समेत गरिएको उनले बताईन् । पुर्ववर्ति इस्मा गाउँपालिका सरकारले कोदो खेतीलाई उद्योगका रुपमा विकास गर्ने घोषणा गरेको थियो र काम पनि थालेको थियो तर खासै सफल भएको पाइर्एन , कतै दुना–टपरी उद्योगको अवस्था पनि उस्तै हुने हो कि ? भन्ने प्रश्नमा उपाध्यक्ष कुँवरले त्यस्तो नहुने दावी गरिन् ।

उनले भनिन्–‘ हामी कहाँ प्रशस्त सालका पात , चिउरी, भटुक लगायतका पातहरु प्रशस्त पाईन्छन् । जुन पातहरु दिदी वहिनीहरुले डोकोमा बोकेर सदरमुकाम तम्घास सम्म बेच्न जानु ह्ुन्छ र दुना–टपरीको माग पनि शहर बजारका ठुला–ठुला होटल– रेष्टुरेण्टहरुमा बढ्दो छ । त्यस्तै हाम्रो ग्रामिण समाजमाा विवाह वा अन्य विभिन्न कार्यमा भोेज–भतेरका लागि दुना–टपरीकै प्रयोग हुने र त्यसको बेग्लै महत्व हुने परम्परा थियो । तर अहिले हराएको छ ।

Forest
Forest
Ad.

शहरमा दुना टपरीका बढ्दो महिमा तर गाउँका मानिसहरुले तिनै दुना टपरी छाडेर प्लाष्टिकका चम्चा प्लेटहरुमा खर्चेर रकम बाहिर गएको छ । त्यसलाई रोक्न पनि दुना टपरी उद्योग आबश्यक छ र सफल हुन्छ भन्ने कुरामा हामी बिश्वस्त छौं ।’ उनले जिल्ला भित्रै दुना टपरीको बजारिकरणको ब्यवस्थाका लागि विभिन्न पालिकाहरु संग मौखिक समझदारी गरिएकोले पनि बजारको कुनै समस्या नपर्ने दावी गरिन् । त्यस्तै इस्मा गाउँपालिकाले युवा स्वरोजगार कोषको पनि स्थापना गरि रोजगारीका विभिन्न माध्यामहरु गाउँसभाले अगाडी सारेको प्रबक्ता कुँवरले बताईन ।

इस्मा गाउँपालिकाले अर्को एउटा महत्वपुर्ण बिषयका रुपमा ५५ बर्ष उमेर पुगेका एकल पुरुषलाई मासिक ५ सयका दरले सामाजिक सुरक्षा भत्ता दिने निर्णय पनि गाउँसभाबाट पारित गरेको छ । इस्मा गाउँपालिका अध्यक्ष भगतसिंह खड्काका अनुसार आर्थिक बर्ष २०७९/०८० का लागि त्यस गाउँपालिकाले कुल ४६ करोड ५६ लाख २६ हजार विनियोजन गरेको छ । -फाइल तस्वीर: राजेन्द्रप्रसाद पनेरु/रासस

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया