Awareness

Get Vaccinated

रवि लामिछानेको पार्टी निर्वाचन आयोगमा दर्ता



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Place for ads

काठमाडौं: पूर्व सञ्चारकर्मी रवि लामिछानेको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। शुक्रबार दल गर्दा गर्दै आयोगले प्रमाणपत्र समेत दिएको छ।

उनीहरुले चुनाव चिन्ह गोलाकार भित्रको घन्टी पाएका छन्। दल दर्तापछि लामिछानेले अत्यन्तै खुसी भएको र आजदेखि औपचारिक रुपमा पार्टी दर्ता भएको बताए । उनले गोलाकार भित्रको घण्टी चुनाव चिन्ह पाएको सञ्चारकर्मीहरुलाई जानकारी गराएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीको छोटकरी नाम रास्वपा हुने र अंग्रेजीमा ‘नेश्नल इन्डेपेन्डेन्ट पार्टी’ संक्षिप्तमा ‘एनआपी’ हुने भएको छ । पार्टीको नामका विषयमा पछि कानुनी प्रक्रिया अघि बढे सोहीअनुसार आफू पनि प्रक्रियामा अघि बढ्ने लामिछानेले बताए ।

आयोगको गरेको निर्णय पार्टीका प्रवक्ता डा.मुकुल ढकालले वाचन गरेका सुनाए। जसमा भनिएको छ, ‘नेपालको संविधान, राजनीतिक दलसम्बन्धी ऐन २०७३, राजनीतिक दलसम्बन्धी नियमावली २०७३, प्रचलित संसदीय कानुन बमोजिम पालना गर्ने सर्तमा राजनीतिक दलसम्बन्धी २०७३ को दफा ४ र ५ बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टी, संक्षिप्तमा रास्वपा र अंग्रेजीमा ‘नेश्नल इन्डेपेन्डेन्ट पार्टी’ संक्षिप्तमा ‘एनआपी’ नामक राजनीतिक दल दर्ता गरी आयोगले दल दर्ताको किताबमा अभिलेखीकरण गर्ने निर्णय भएको छ।’

आयोगमा पुगेका सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै लामिछानेले दल दर्तापछि अब जनताको बीचमा जाने बताए । उनले भने– ‘हाम्रो राजनीतिक पार्टी दर्ता भएको छ । अब जनता माझमा जानुपर्नेछ । केही कुरा मात्र भनेका छौँ, सबै कुरा भन्न बाँकी नै छ।

औपचारिकता पाएपछि अब चरणबद्ध रुपमा हामी हाम्रा कार्यक्रम गर्दै जान्छौँ । विभिन्न भेलाहरु गर्दै पार्टीले आफ्नो कमिटी गठन गर्दै जानुपर्नेछ । ती कार्यहरुलाई हामी क्रमशः आवश्यकताअनुसार काम गर्र्दै अगाडि बढ्छौँ। आजबाट नै अझ बढी हाम्रो सक्रियता हुनेछ।’

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया