Hi-Speed Computer

Awareness Campaign

अपाङ्गता भएका व्यक्तिहरूको यौन तथा प्रजनन अधिकारका विषयमा तयार पारिएको वृत्तचित्र सार्वजनिक



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

काठमाडौं: अति अपांगता भएका एक व्यक्तिको जीवनमा आधारित यौन तथा प्रजनन स्वास्थ्य अधिकारका विषयमा तयार पारिएको वृत्तचित्र सार्वजनिक भएको छ।

अपांगता भएका व्यक्तिको यौन चाहना, प्रजनन स्वास्थ्य अधिकारलगायतका विषय समेटेर करुणा फाउन्डेसन नेपालले वृत्तचित्र तयार पारेको छ।

‘लिभिङ विथ डिग्निटी: डकुमेन्ट्री अन सेक्सुअल एन्ड रि-प्रोडक्टिभ हेल्थ राइट्स अफ पर्सन्स् विथ डिस्एबलिटी’ शीर्षकमा तयार भएको वृत्तचित्र शुक्रबार सार्वजनिक गरेको हो।

Forest
Forest
Ad.

डकुमेन्ट्रीमा मकवानपुर जिल्लाको थाहा नगरपालिकाको खानी गाउँका एक विवाहित जोडी पुष्पा र अमिर बम्जनलाई प्रस्तुत गरिएको हो। २२ वर्षीय अमिर र पुष्पाका एकजना दुधे बच्चा छन्।

सार्वजनिक डकुमेन्ट्रीले अपांगता भएका व्यक्तिहरूमा हुने यौन र प्रजनन चाहनाको सम्बोधन गर्नुपर्नेमा जोड दिएको छ।

अमिर व्यावसायिक चित्रकार र गायक पनि हुन्। तर अमिर एक अपांगता भएका व्यक्ति हुन्। पुष्पा र अमिरको जीवनमा आधारित रहेको यस डकुमेन्ट्रीको लेखन, कन्सेप्ट अनि निर्देशन पुनम पौडेलको रहेको छ। डकुमेन्ट्रीलाई सांकेतिक भाषामा पनि प्रस्तुत गरिएको छ।

डकुमेन्ट्री हेर्नुहोस्:

Awareness by SKF


कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया