Smoking Causes Cancer

गुल्मी प्रहरीद्वारा गाउँगाउँमा लागु औषध विरुद्ध सचेतना कक्षा सञ्चालन



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

टोपलाल अर्याल, गुल्मी: जिल्ला प्रहरी कार्यालय गुल्मीले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत विभिन्न विद्यालय र समुदायमा सचेतना कक्षा संचालन गरिरहेको छ। जिल्लाका विभिन्न १७ स्थानमा लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा सप्ताहव्यापी सचेतनामूलक कार्यक्रममा गरिएको हो।

कार्यक्रममा लागु औषधको परिचय, प्रकार, यसबाट हुने असरहरु, नियन्त्रणमा सरोकारवालाको भूमिका, कानुनी प्रावधान, दण्ड सजायँ सम्बन्धि व्यावस्थाका बारेमा जानकारी गराइएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । पौदी अमराई प्रहरीचौकीको आयोजनामा मुसिकोट नगरपालिका १, अर्खबाङ्ग प्रहरी चौकीको आयोजनामा मालिका ४ अर्खबाङ्गमा सचेतनामुलक कार्यक्रम गरिएको छ।

सिंचाई
Forest
Ad.

त्यस्तै चारपाला प्रहरीचौकीको आयोजनामा गुल्मी दरवार गाउँपालिका ६, धुर्कोट प्रहरीचौकीको आयोजनामा धुर्कोट गाउँपालिका ४ जैसीथोक र वस्तुमा, प्रहरीचौकी पूर्तिघाटको आयोजनामा कालिगण्डकी गाउँपालिका ४ मा, मजुवा प्रहरीचौकीको आयोजनामा गुल्मीदरवार गाउँपालिका १ मा लागु औषध दुरुपयोग तथा ओसारपसार बिरुद्धको सचेतनामूलक कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक श्यामप्रकाश यादवले जानकारी दिए ।

त्यस्तै प्रहरीचौकी वामीको आयोजनामा मुसिकोट नगरपालिका ४, प्रहरीचौकी हस्तिचौरको आयोजनामा इस्मा गाउँपालिका १, इस्मा प्रहरीचौकीको आयोजनामा वडा नं ५ र इलाका प्रहरी कार्यालय पुर्कोटको आयोजनामा मदाने गाउँपालिका ६ पुर्कोटदहमा लागु औषध दुरुपयोग तथा ओसारपसार बिरुद्धको सचेतनामूलक कार्यक्रम गरिएको यादवले बताए । यसैगरी मरभुङ्ग प्रहरीचौकीको आयोजनामा मालिका गाउँपालिका वडा नं ८, प्रहरीचौकी नयाँ गाउँको आयोजनामा धुर्कोट गाउँपालिका वडा नं १, प्रहरीचौकी खज्र्यागको आयोजनामा छत्रकोट गाउँपालिका वडा नं ४ र ५ मा कार्यक्रम गरिएको छ ।

त्यस्तै प्रहरीचौकी भुर्तुङ्गको आयोजनामा कालिगण्डकी गाउँपालिका वडा नं ७ र प्रहरीचौकी श्रृगाको आयोजनामा छत्रकोट गाउँपालिका वडा नं ४ र जिल्ला प्रहरी कार्यालय गुल्मीको आयोजनामा रेसुंगा नगरपालिका २ को महेन्द्र माविमा लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको सचेतनामूलक कार्यक्रम गरिएको प्रहरी निरिक्षक यादवले जानकारी दिए । त्यस्तै जिल्लाभरबाट प्रहरीले चार सय ७५ बोट गाँजा फँडानी गरेको छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया