Clean Water Campaign

Awareness Campaign

इस्माको नीति तथा कार्यक्रम: डिजिटल इस्मा, एकल पुरुषलाई भत्ता, चक्रपथ कालोपत्रे, गुरुकुल शिक्षा



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

टोपलाल अर्याल, गुल्मी: इस्मा गाउँपालिका, गुल्मीले आर्थिक बर्ष ०७९/०८० को नीति तथा कार्यक्रम गाउँ सभामा पेश गरेको छ । गाउँपालिका प्रमुख भगतसिंह खड्काले १९ पृष्ट लामो नीति तथा कार्यक्रम सभामा पेश गरेका थिए।

छल्दी जलाधार क्षेत्रमा तटबन्धन गरेर जलाशय निर्माण गर्ने, हिमालय माविमा कृषि बाली विज्ञान पढेर उत्कृष्ट हुने एक जनालाई कृषि प्राविधिकको रुपमा करार नियुक्ती गर्ने, कृषी एम्बुलेन्सको व्यावस्था, इस्माका महिला उद्यममा पहिला भन्ने अभियान अन्तरगत टपरी उद्योग स्थापना गरिने छ।

एक वडा एक उद्योग स्थापना, सहकारीको माध्यमबाट रेडियो संचालनको संभाव्यता अध्ययन गरिने, यो शैक्षिक सत्रलाई सिकाई सुधार बर्षको रुपमा अगाडी बढाउने, कलेजमा उच्च शिक्षा अध्ययन गर्ने गरिव तथा जेहेन्दार कुमाल जातिका विद्यार्थीलाई छात्रवृति दिने, सबै विद्यालयमा असल संस्कार शिक्षा सुरु गरिने, गुरुकुल शिक्षाको व्यवस्था, स्वास्थ्यकर्मीसंग जनता कार्यक्रम संचालन, दलित तथा कुमाल जातीका बुहारीलाई उच्च शिक्षा अध्ययन गराउने परिवारलाई सम्मान, ५५ बर्ष माथिका एकल पुरुषलाई भत्ता, जाँड रक्सी नखाने दलित र जनजाति परिवारका छोराछोरीलाई निशुल्क शैक्षिक सामग्री लगायतका नीति तथा कार्यक्रम प्रस्तुत भएका छन्।

सिंचाई
Forest
Ad.

गाउँपालिका चक्रपथ कालोपत्रे, सार्वजनिक सम्पति संरक्षण, एक वडा एक प्राविधिक, एकिकृत कृषि बगैचा, सहुलियत कर्जा र अनुदान, हरेक घरमा आर्युवेदिक जडीबुटी, एक घर एक गोठ दश फलफुल, बिउ बैंक लगायतका कार्यक्रमहरु रहेका छन्।

गाउँपालिकालाई प्रविधीमैत्री र डिजिटल बनाउनको लागि गाउँपालिकाको आइएलजी प्रोफाइल, सुरक्षित डाटा भण्डारणको लागि डाटा व्याकप सर्भर, मुख्य प्रवेशद्धार तथा स्थानमा सिसिटीभि क्यामेरा, डिजिटल घरधुरी नम्बर, सूचना प्रविधी ज्ञान पार्क स्थापना, सूचना पार्टीको माध्यमबाट समय, मौषम, महत्वपूर्ण सूचना जानकारी, विपद् सम्बन्धी पुर्व जानकारी सूचना प्रणाली, सेनिटरी र वाटर प्याड एटिएम, आर्टिफेसियल इन्टेलिजेन्ससहितको सूचना संप्रेषण प्रणाली, इपेमेन्ट, अनलाइन हार्टबजार, अनलाइन शिक्षा, टेलिमेडिसिन इ-टुरिजम, इ-ट्राभल लगायतका कार्यक्रम रहेका छन्।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया