Awareness

पुतली रानाले पाउने भईन् उपचार (भिडियो सहित)

खबर

Place for ads

सागर भण्डारी, गुल्मी: आर्थिक अभावले उपचार नपाएकी मुसिकोटकी पुतली रानाको उपचारका लागि काठमाण्डौ पठाईएको छ। मुसिकोट नगरपालिका वडा नं ३ की रानाको मुसिकोट नगरपालिकाको समन्वय तथा विभिन्न सामाजिक व्यक्तिहरुको सहयोगमा उपचारका लागि काठमाण्डौ लगिएको हो।

मुसिकोट नगरपालिका ३ की पुतली रानाको खुट्टा कुहिएर किरा खसिरहेको भिडियो सामाजिक संजालमा भाईरल हुनुका साथै विभिन्न सञ्चार माध्यमहरुले समाचार प्रकाशन प्रशारण गरेका थिए। उनको उपचारको बारेमा स्थानीय र नगरपालिकाले समेत केही गर्न नसकेको भनी आलोचना हुन थालेपनि नगरपालिकाले उनको उद्धार गरि उपचारका लागि पठाएको हो।

Get Vaccinated

नगरपालिकाका स्वास्थ्य संयोजक डिबी जिसीेले नगरपालिकाको विपद व्यवस्थापन कोष मार्फत ऐम्बुलेन्स खर्च २५,००० र नगद २५,००० रुपैयाँ सहयोग गरि उपचारका लागि काठमाण्डौ पठाइएको जानकारी दिनुभयो । उहाँले रानाको उपचारका लागि काठमाण्डौ स्थित किर्तिपुर अस्पतालमा अनुरोध गरेको त्यहाँ निःशुल्क उपचार हुने तथा बिबिएस संस्थाले अन्य औषधी व्यवस्थापन गर्ने बताउनुभयो।

सहयोग रकम हस्तान्तरण गर्न पुग्नुभएका मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवन खरेलले पुतली रानाको अवस्थाको बारेमा सञ्चार माध्यमले खेलेको भुमिकाको प्रशसां गर्दै अब उनको उपचारको सम्पूर्ण जिम्मेवारी नगरपालिकाले लिने बताउनुभयो।

पुतलीको उपचारको लागि उनको अवस्थाको बारेमा सुरुमा भिडियो सामाग्री बनाएर सामाजिक सञ्जालमा ल्याउने सञ्चारकर्मी दिपक नेपालीले पनि विभिन्न व्यक्तिहरुबाट सहयोग सकंलन गरी नगद रु ८० हजार रुपैयाँ हस्तान्तरण गरेका छन्।

आफुले प्रशारण गरेको भिडियो सामाग्री हेरेर देश विदेशबाट विभिन्न सहयोगी व्यक्तिले गर्नुभएको सहयोग हस्तान्तरण गरेको नेपालीले बताउनुभयो। स्थानीयको साथमा उनलाई उपचारका लागि काठमाण्डौ पठाईएको हो।

Awareness by SKF

बागलुङको बडिगाड गाउँपालिका वडा २ दनियाँ घर भएकी रानाको श्रीमानको मृत्युपछि छोराछोरीले पनि हेर्न छोडेकाले तीन वर्षदेखि माइती गाउँ मुसिकोटमा बस्दै आएकी छिन्। उनको खाना पकाउने क्रममा आगोले खुट्टा जलेपछि बिस्तारै घाउ बन्दै गई पछि खुट्टा नै कुहिएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *