Awareness

Get Vaccinated

सरकारले कहिले देख्छ पुतलीको कुहिएको खुट्टा?



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Place for ads

सागर भण्डारी, गुल्मी: बागलुङको बडिगाड गाउँपालिका वडा नं २ दनियाँ घर भएकी पुतली राना ३ महिना देखि माईती गाउँ गुल्मी बस्दै आएकी छिन्। श्रीमानको मृत्युपछि उनको सहारा बनेका छोराछोरीले पनि हेरचाह नगरेपछि उनी माईती गाउँ बस्न थालिन्।

माईतीले दिएको बासमा जेनतेन निमेक गरेर जिविको गुजार्ने पुतलीकोे ३ महिना अगाडी खाना पकाउने क्रममा खुट्टा जल्यो। सानो झुपडीमा एक्लै बसेकी रानाले जलेको खुट्टाको उपचार गर्न सकिनन्। उनीसगं अस्पतालसम्म जाने पैसा थिएन। न त कोही आफन्त या छर छिमेकीले उनलाई अस्पतालसम्म पुर्याउन सहयोग नै गरे।

उनले जलेको खुट्टाको घरायसी उपचार गर्ने आईडिया समेत पाईनन्। विस्तारै जलेको ठाउँ घाउको रुपमा परिणत भयो। उनको खुट्टामा ठुलै घाउ भयो। घाउ बढ्दै गएपछि खुट्टा नै कुहिएर किरा पर्न थाल्यो। उनी छट्पटिएर मृत्यु कुर्नु बाहेक विकल्प रहेन्। सामान्य नागरिकको हैसियत भएकी रानाको सरकार संग पहुँच हुने त कुरै भएन स्थानीयले समेत उपचार गर्न लैजाने कुनै चेष्टा गरेनन्। घाउ झन पछि झन बढ्दै गएपछि खुट्टा कुहिएर किरानै भुँईमा झर्न थाल्यो।

आर्थिक अभावमा अस्पतालसम्म पुग्न नसकेकी रानाको स्वास्थ्य स्थिति झन पछि झन बिग्रदै गयो। अहिले उनी पिडा र अभावका आँसुलाई लुकाएर कुहिएको खुट्टा हेर्दै दिन गुजारिरहेकी छिन्। त्यो भन्दा ठुलो पिडा त उनलाई पैसा नभएरै उपचार नपाएकोमा छ। उनलाई उपकार गर्ने त परैको कुरा उनी बस्ने कोठामा समेत मान्छेहरु छिर्दैनन्। बाहिरबाटै गाउँलेहरुले खानासम्म दिएर पालेका छन्। उनी बस्ने कोठामा दुर्गन्धले जानसक्ने अवस्था नै रहेको छैन।

उपचार गर्न लाने मान्छे समेत भएनन्
उनको अवस्थाको बारेमा स्थानीय ले खबर गरेपछि पत्रकार दिपक नेपाली उनको अवस्थाको बारेमा बुझ्न त्यहाँ पुगे। पुतलीको अवस्थाका बारेमा भिडियो सामाग्री तैयार गरेपछि अमेरीकामा रहेका सहयोगी लिल बहादुर थापाले उनको उपचारमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे। उपचारमा आर्थिक सहयोग गर्ने थापाले वचन दिएपनि उनलाई अस्पतालसम्म लैजाने गाउँका मानिस कोही पनि भेटिएनन्।

“लिल थापा दाईले उपचारमा सहयोग गर्ने भन्नुभयो, त्यसपछि म गाउँमा उनलाई अस्पतालसम्म लैजाने मानिस कोही हुन्छकी भनेर बुझ्न गएँ,” नेपालीले भने, “तर कोही पनि अस्पतालसम्म लिएर जान तैयार भएनन्।” अझै पनि कसैले उनलाई लिएर जान्छकी भनेर आफुले स्थानीय सगं कुराकानी गरिरहेको नेपालीको भनाई छ। एक्लै लिएर जाँदा पनि बाटोमा केही हुन्छकी भन्ने डरले आफुले पनि उनलाई अस्पतालसम्म लैजान नसकेको भन्दै उनले पुतलीका छोराछोरीलाई सम्पर्क गर्न खोज्दा सम्पर्क नभएको बताए।

स्थानीय सरकारले समेत वास्ता गरेन
पुतली रानालाई अहिलेकै अवस्थाबाट थोरै भएपनि राहत दिलाउन र प्राथमिक उपचारसम्म सकिन्छकी भनेर वडा नं ३ का वडाध्यक्ष शकंर रायमाझीलाई सम्पर्क गर्दा खासै चासो नदिएको नेपालीले गुनासो गरे।

Awareness by SKF

जनताको नजिकको सरकार र त्यसमा पनि जनप्रतिनिधिले भनेपछि स्थानीयले विश्वास गर्ने भएकाले आफुले वडाध्यक्षसंग कुराकानी गर्दा स्वास्थ्यकर्मी पठाउँछु भनेर आश्वासन दिएपनि त्यसपश्चात सम्पर्कमा समेत नआएको नेपालीले बताए। स्थानीय सरकारले थोरै भएपनि अपनत्व लिए उनको उपचारमा सहयोग हुने उनको भनाई छ।


कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया