Smoking Causes Cancer

गुल्मीको मदानेमा एक विद्यालयका ३५ जना विद्यार्थी एकैपटक बिरामी



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

सन्तोष महतारा, गुल्मी: गुल्मीमा एक विद्यालयका एकैपटक ३५ जना विद्यार्थीमा स्वास्थ्य समस्या देखिएको छ। जिल्लाकाे मदाने गाउँपालिकामा रहेको अग्लुङ्ग माध्यमिक विद्यालयमा अध्ययनरत ३५ जना विद्यार्थीमा एकैपटक स्वास्थ्य समस्या देखिएको उक्त वडाका वडाध्यक्ष सुशील चन्दले जानकारी दिए।

उक्त विद्यालयकाे कक्षा ६ देखि १० सम्म अध्ययनरत ३५ विद्यार्थीमा चिच्याउने, बेहोस हुने, उफ्रने र काम्ने लगायतका समस्या देखिएका छन्। उनीहरु २ महिना अघि पनि यस्तै लक्षणसहित बिरामी परेका थिए। अहिले भने लामो समयसम्म यी लक्षणसहित विद्यार्थीमा समस्या देखिएको विद्यालयले जनाएको छ। बिरामी हुनेमा छात्र र छात्रा दुवै छन्। बिरामी हुनुको कारण अझै खुल्न सकेको छैन।

गुल्मीका प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पाैडेलले विद्यार्थीमा स्वास्थ्य समस्या देखिएपछि शुक्रबार स्वास्थ्यकर्मीकाे टाेली पठाउने बताएका छन्। केही दिन सबै विद्यार्थीकाे प्रत्यक्ष सम्पर्कमा रहने गरेर उपचार गर्नकाे लागि जिल्ला स्वास्थ्य कार्यालयबाट स्वास्थ्यकर्मीकाे टाेली पठाउने प्रमुख जिल्ला अधिकारी पाैडेलले बताएका हुन्।

सिंचाई
Forest
Ad.

उक्त विद्यालयमा ५ वर्षअघि पनि करिब ४० जना विद्यार्थीमा एकैपटक लामो समयसम्म यस्तै स्वास्थ्य समस्या देखिएको थियोे।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया