Clean Water Campaign

Awareness Campaign

बडिगाडले नीति तथा कार्यक्रम निर्माणका लागि गर्यो सुझाव सकंलन



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

बागलुङ: बडिगाड गाउँपालिकाले आर्थिक वर्ष २०७९ /८० को नीति तथा कार्यक्रम निर्माणको प्रारम्भिक चरणमा गाउँपालिका भित्रका शिक्षा र स्वास्थ्यसंग सम्बन्धित योजना तथा सुझाव सकंलन गरेको छ।

गाउँपालिकाले बुधवार एक कार्यक्रमको आयोजना गरी विद्यालयका प्रधानाध्यापक तथा स्वास्थ्य चौकीका प्रमुखहरुसगं व्यापक छलफल गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेट्नै पर्ने आवश्यकताका विषय माथि सुझाव मागेको छ।

बडिगाड गाउँपालिकाको आफ्नै स्थानीय पाठ्यक्रम निर्माण,शिक्षा ऐन निर्माण र नयाँ आर्थिक वर्षमा गाउँपालिकाले प्राथमिकता दिनुपर्ने विषयका बारेमा छलफल गरी महत्वपूर्ण सुझावहरु सकंलन गरिएको गाउँपालिकाले जनाएको छ।

सिंचाई
Forest
Ad.

कार्यक्रममा सहभागीहरुले स्वास्थ्य र शिक्षा विकासका प्रमुख आयाम रहेकाले यस क्षेत्रमा लगानी बढाउनुपर्ने बताएका थिए । त्यस्तै उनीहरुले जग बलियो भए मात्रै घर बलियो हुन्छ भन्ने मान्यतालाई ध्यानमा दिई बालविकास केन्द्रबाटै शैक्षिक सुधार गर्नुपर्ने बताए । उनीहरुले गाउँपालिका भित्र कम्तिमा पनि आधारभूत स्वास्थ्य सेवा नागरिकले सहज रुपमा गाउँकै स्वास्थ्य चौकीबाट लिन सक्ने व्यवस्था मिलाउन आग्रह गरे ।

छलफल कार्यक्रममा आएका सुझावहरुलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले गाउँपालिकाले शिक्षा र स्वास्थ्यमा लगानी बढाउने बताउनुभयो । उहाँले शिक्षा सगं गाउँपालिका र स्वास्थ्य सगं गाउँपालिका कार्यक्रम सञ्चालन गरी विशेष योजनाका साथ अगाडी बढ्ने बताउनुभयो ।

कार्यक्रममा ६१ वटा विद्यालयका प्रधानाध्यापक, १० वटै वडामा रहेका स्वास्थ्य चौकीका प्रमुख तथा प्रतिनिधि, गाउँपालिका उपाध्यक्ष भिमसेन वन, प्रमुख प्रशाशकीय अधिकृत चेतनारायण भण्डारी गाउँपालिकाका कर्मचारीहरुको उपस्थिति रहेको थियो।

Awareness by SKF

दुई चरणमा सञ्चालन भएको कार्यक्रम मध्ये स्वास्थ्य तर्फको छलफलको सहजीकरण अहेब हेम प्रसाद पुन तथा शिक्षा तर्फको कार्यक्रमको सहजीकरण निमिक्त प्रमुख प्रशाशकीय अधिकृत थम्मन बहादुर रेश्मीले गर्नुभएको थियो। बडिगाड अनलाइनमा खबर छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया