Hi-Speed Computer

Awareness Campaign

डोजर चालक फरार भएपछि गगनको परिवार थप पीडामा



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

टोपलाल अर्याल, गुल्मी: मुसिकोट नगरपालिका २ का १४ बर्षीया गगन रायमाझीको मृत्यु भएको एक हप्ता भयो। परिवार काजक्रियामा छन्। गगनको घरबाट विद्यालयको लागि झोला बोकेर निस्किएको ५ मिनेट नहुँदै डोजरले फालेको ढुङ्गाले लागेर २६ जेठमा मृत्यु भएको थियो। उनले मुसिकोट नगरपालिका-३ को पृथ्वी माविमा कक्षा ९ मा पढ्थे।

घटनाले बाबा आमासहितको परिवारमा कसैका आँखा ओभाएका छैनन। हुर्केको एक्लो छोरा गुमाउँदा परिवारको पीडा स्वभाविक हो। चालक फरार भएपछि बुबा आमामा छोराको पीडा माथि न्याय नपाउने चिन्ता पनि थपिएको छ। ‘प्रहरीले अहिलेसम्म चालक पक्राउ नगर्दा मनमा पीडासंगै शंका उत्पन्न भएको छ। प्रहरीमा लाइसेन्स भएको चालक आउने र कारवाही कम हुने षडयन्त्र हुँदैछ,’ गगनका बुवा हरि बहादुर रायमाझीले भने, ‘कडा कारवाहीको माग बाहेक विकल्प परिवारमा रहेन।’

यो पनि पढ्नुहोस्: मुसिकोटमा जेसिबीले पल्टाएको ढुंगाले लागेर एक बालकको मृत्यु

Forest
Forest
Ad.

बिना सूचना डोजर चलाउने चालक शेर बहादुर विक अझै फरार छन्। उनको सवारी चालक अनुमति पत्र पनि नभएको परिवारको दाबी छ। प्रहरीले सुर्य कन्स्ट्रक्सनका निर्माण व्यवसायी बोम बहादुर भाट र लु २ क ९४६७ नम्बरको डोजर नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीमा प्रमुख प्रहरी उपरिक्षक भिम बहादुर दाहालले आफुहरु निरन्तर अनुसन्धानमा भएकाले केहि दिनमै चालक पक्राउ पर्ने जानकारी दिए। उनले डोजर चालक समुदायले देखे जानेकै उपस्थित गराउने र लाइसेन्सको विषयमा आफुहरु गम्भिर भएको बताए।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया