Clean Water Campaign

Awareness Campaign

बडिगाडमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

बागलुङ: बागलुङको बडिगाडमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। बडिगाड खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा बडिगाड गाउँपालिका वडा नम्बर ४ का ३२ वर्षीय छबिलाल बलामीको मृत्यु भएको छ।

बुधबार बिहान ३ बजे बडिगाडखोलामा बिजुलीबाट करेन्ट लगाएर माछा मार्नेक्रममा बलालको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक राजेश शर्मा अधिकारीले जानकारी दिनुभयो। प्रहरीले करेन्ट लगाएर माछा मार्न संलग्न भएका अन्य पाँच जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बडिगाड गाउँपालिका वडा नम्बर वडा नम्बर ५ का ३५ वर्षीय होम बलाल, ५४ वर्षीय टेकबहादुर रास्ताकोटी, वडा नम्बर २ का ३२ वर्षीय रमेश पुन, वडा नम्बर २ कै २५ वर्षीय टीका पुन र गल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ५ का ५० वर्षीय मानबहादुर बुढाथोकीको पक्राउ परेको प्रहरीले जनाएको छ।

सिंचाई
Forest
Ad.

उनीहरुसहित माछा मार्न प्रयोग भएका तारा र काठका सामग्रीहरु पनि प्रहरीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिनुभयो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया