Hi-Speed Computer

Awareness Campaign

मुसिकोट-२ वडा कार्यालयले घर-घरमै पुगेर सामाजिक सुरक्षा भत्ता बाँड्ने



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीको मुसिकोट नगरपालिका वडा नं २ वडा कार्यालयले घरघरमा सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने भएको छ।

ज्येष्ठ नागरिक, अपाङ्गता भएका तथा अन्य वृद्ध व्यक्तिहरुलाई बैँकिङ प्रणालीबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्दा हैरानी खेप्नुपरेकाले बैंकसँगको सहकार्यमा सामान्य नागरिकलाई टोलटोलमा र अति अशक्त तथा अपाङ्गता भएकाहरुलाई घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता बितरण गर्न लागिएको वडाध्यक्ष रविन्द्र केसीले जानकारी दिनुभयो।

’ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिलाई बैंकसम्म पुगेर सामाजिक सुरक्षा भत्ता लिन निकै कठिन भएकाले अब बैैंकसँग सहकार्य गरेर प्रत्येक टोल र घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिनेछ’, अध्यक्ष केसीले भन्नुभयो। उहाँले निर्वाचनका क्रममा नागरिकको घरघरमा पुग्दा गरेको प्रतिवद्धतालाई कार्यान्वयन गर्न सुरु गरेको समेत बताउनुभयो।

Forest
Forest
Ad.

यसअगाडी बैकं मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दा लाभग्राहीले धेरै दिनसम्म धाउनु परेको,लाईनमा बस्नु परेको तथा थुप्रै दिन धाउँदा समेत कतिपयले भत्ता नै नपाउने गरेको गुनासो वडा कार्यालयमा लिखित रुपमा आएपछि यस्तो निणर्य गरिएको केसीको भनाई छ।

बैकंलाई घरघरमै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन आग्रह गर्ने वडाको बैठकले निणर्य गरेको छ यदी बैकंले लाभग्राहीलाई दुःख दिने समयमै भत्ता उपलब्ध नगराएमा भत्ता वितरण गर्ने बैकंनै परिवर्तन गर्ने उहाँको भनाई छ।

नयाँ आर्थिक वर्ष सुरु भएसँगै श्रावण १ गतेबाट लाभग्राहीलाई प्रत्येक त्रैमासिक रुपमा बैंकले वडासंग सहकार्य गरी घरमै पुगेर भत्ता वितरण गर्ने केसीले बताउनुभयो। भत्ता वितरणका लागि वडाले मेगा बैकं लिमिटेडसगं सहकार्य गरेको छ।

त्यस्तै वडाध्यक्ष खत्रीका अनुसार वडा कार्यालयले आर्थिक वर्ष २०७९/८० का लागि टोलटोलमा पुगेर योजना सकंलन गर्ने कार्यपनि सुरु गरेको छ। मगंलबारबाट सुरु भएको उक्त योजना सकंलन कार्यक्रम असार ३ गतेसम्म चल्नेछ।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया