Awareness

अब जग्गा धितोमा राखेर बैंक वा सहकारीबाट ऋण लिन नपाइने

खबर

Place for ads

काठमाडौं: अब जग्गा धितोमा राखेर ऋण लिन नपाइने भएको छ। तोकिएको मापदण्ड अनुसार वर्गीकरण भएपछि मात्र बैंक, वित्तिय संस्था वा सहकारी संस्थाबाट जग्गाको धितो वा बन्धक पारित गर्न भुमि व्यवस्था तथा सहकारी गरिबी निवारण मन्त्रालयले निर्देशन दिएको हो।

मन्त्रालयले राष्ट्रिय भुमि आयोग, भुमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागलाई पत्राचार गर्दै चार किल्ला खुलाई कृषि क्षेत्र नतोकेसम्म जग्गाको कारोबार नगर्न निर्देशन दिएको हो।

Get Vaccinated

खेती योग्य जमिन वा कृषि योग्य नभएको, कुन प्रयोजनको लागि हो सो वर्गीकरण गर्नु पर्ने र सोही वर्गीकरणको आधारमा मात्र स्थानीय तहले कित्ताकाट प्रयोजनको लागि सिफारिस गर्नुपर्ने मन्त्रालयले जारी गरेको निर्देशनमा उल्लेख गरिएको छ।

कृषि क्षेत्रको रुपमा जग्गा वर्गिकरण नगरिएको जग्गा मालपोत कार्यालयले रोक्का नगरेपछि मन्त्रालयले नयाँ निर्देशन जारी गरेको बुझिएको छ। तोकिएको मापदण्ड अनुसार वर्गीकरण भएपछि मात्र बैंक, वित्तिय संस्था वा सहकारी संस्थाबाट जग्गाको धितो वा बन्धक पारित गर्नुपर्ने निर्देशनमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *