Salime Malika Krishi Farm

Awareness Campaign

अब जग्गा धितोमा राखेर बैंक वा सहकारीबाट ऋण लिन नपाइने



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

काठमाडौं: अब जग्गा धितोमा राखेर ऋण लिन नपाइने भएको छ। तोकिएको मापदण्ड अनुसार वर्गीकरण भएपछि मात्र बैंक, वित्तिय संस्था वा सहकारी संस्थाबाट जग्गाको धितो वा बन्धक पारित गर्न भुमि व्यवस्था तथा सहकारी गरिबी निवारण मन्त्रालयले निर्देशन दिएको हो।

मन्त्रालयले राष्ट्रिय भुमि आयोग, भुमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागलाई पत्राचार गर्दै चार किल्ला खुलाई कृषि क्षेत्र नतोकेसम्म जग्गाको कारोबार नगर्न निर्देशन दिएको हो।

खेती योग्य जमिन वा कृषि योग्य नभएको, कुन प्रयोजनको लागि हो सो वर्गीकरण गर्नु पर्ने र सोही वर्गीकरणको आधारमा मात्र स्थानीय तहले कित्ताकाट प्रयोजनको लागि सिफारिस गर्नुपर्ने मन्त्रालयले जारी गरेको निर्देशनमा उल्लेख गरिएको छ।

सिंचाई
Forest
Ad.

कृषि क्षेत्रको रुपमा जग्गा वर्गिकरण नगरिएको जग्गा मालपोत कार्यालयले रोक्का नगरेपछि मन्त्रालयले नयाँ निर्देशन जारी गरेको बुझिएको छ। तोकिएको मापदण्ड अनुसार वर्गीकरण भएपछि मात्र बैंक, वित्तिय संस्था वा सहकारी संस्थाबाट जग्गाको धितो वा बन्धक पारित गर्नुपर्ने निर्देशनमा छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया