Hi-Speed Computer

Awareness Campaign

आफ्नै स्थानीय पाठ्यक्रम बनाउँदै मुसिकोट नगरपालिका



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

सागर भण्डारी, गुल्मीः गुल्मीको मुसिकोट नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माणका लागि तयारी सुरु गरेको छ।

स्थानीय पालिकालाई प्राथमिक तहको पाठ्यक्रम बनाएर आवश्यकताअनुसार लागू गर्र्न सविंधानले दिएको अधिकार अनुसार नगरपालिकाले आगामी शैक्षिक सत्र २०७९ मा नगरभित्र रहेका विद्यालयहरुमा स्थानीय पाठ्यक्रम लागु गर्ने गरी निर्माणको तैयारी थालेको शिक्षा शाखाले जनाएको छ।

आगामी शैक्षिक सत्रबाट कक्षा एकदेखि पाँचसम्म स्थानीय पाठ्यक्रममा पढाइ शुरु गर्न स्थानीय आवश्यकता, विषयवस्तु, स्थानीय विज्ञको सुझाव र सहयोगमा पाठ्यपुस्तक तयार गर्न लागिएको शिक्षा अधिकृत प्रकाश नेपालीले जानकारी दिए।

Forest
Forest
Ad.

पाठ्यक्रम निर्माणका लागि नगरपालिकाका शिक्षा अधिकृत नेपालीको संयोजकत्वमा ९ सदस्यीय कार्यदल समेत गठन गरिएको छैन। उक्त कार्यदलमा विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक र समाजसेवी सदस्य रहेका छन्। कार्यदलले नगरभित्र रहेका विभिन्न सरोकारवाला व्यक्तिहरुको सुझाव समेत समेटेर मस्यौदा तयार गरेको छ।

मुसिकोट नगरपालिकाको विशिष्टता, वस्तुस्थिति, भौगोलिक, जैविक, सांस्कृतिक विविधताको बारेमा जानकारी गराउने र स्थानीय भावनाको विकास गराउन पाठ्यक्रम निर्माण गर्न लागिएको प्रमुख प्रशाशकीय अधिकृत खिमानन्द भुषालले बताए।

यस क्षेत्रको भुगोल, धार्मिक सांस्कृतिक तथा ऐतिहासिक चिनारी, जनसंख्या वातावरण र जनजीवन,स्थानीय तह र सेवा प्रवाह, आर्थिक गतिविधि, कृषि, कफी हाम्रो पहिचान, सामाजिक समस्या, मेरो भविष्यको पेसा र नागरिक सचेतना लगायतका विषयवस्तुहरु पाठ्क्रममा समेटिने अधिकृत भुषालको भनाई छ।

कार्यदलका सदस्यसचिव टिका घर्तीका अनुसार कार्यदलले विभिन्न सरोकारवालाहरुबाट सुझाव सकंलन गरेर आफ्नो प्रतिवेदन अन्तिम चरणमा पुर्याएको छ। छिट्टै नै नगर शिक्षा समितिमा पेश गर्ने र नगर कार्यपालिकाको बैठकले अनुमोदन गरेपछि पाठ्यक्रम लागू गरिनेछ।

Awareness by SKF

१०० पूर्णाङक रहेको पाठ्यक्रमकोे नाम “हाम्रो मुसिकोट” प्रस्ताव गरिएको छ। जसमध्ये प्रयोगात्मक र लिखित तथा कक्षा अवलोकन र कक्षा कार्यलाई समेत मूल्याङ्कनको आधार मानिएको घर्तीले बताए। पाठ्यक्रमको १-३ सम्म ५ पाठ्यघण्टा र कक्षा ४-५ सम्म ४ पाठ्यघण्टा रहेको छ।

नगरभित्रका ७१ सामुदायिक विद्यालय र ७ संस्थागत विद्यालयमा पाठ्यक्रम लागू हुनेछ। संस्थागत विद्यालयको हकमा भने अनिवार्य नगरिएको नगर शिक्षा शाखाको भनाई छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया