Awareness

सेरोफेरो नेपालको प्रस्तुति संदेशमुलक रमाइलो गीत ‘नकशा’ सार्वजनिक (भिडियो सहित)

खबर मनोरञ्जन खबर

Place for ads

गुल्मी: नेपाली मौलिक गीत तथा भाकाको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको सेरोफेरो नेपालले नयाँ रमाइलो लोक दोहोरी गीत नकशा ओएसआर डिजिटल मार्फत सार्वजनिक गरेको छ।

चर्चित लोक गायक राजु परियारको जस्तै स्वर भएका गायक राम परियार र गायिका कजिना ढकालको स्वर रहेको गीतको शब्द र संगीत संयोजन विदेशी भूमिलाई कर्मथलो बनाएपनि नेपाली मौलिक लोक गीत र संस्कृतिलाई औधि माया गर्ने र संरक्षण र संवर्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएका गुल्मेली युवा बैकुण्ठ रायमाझीले गर्नुभएको हो।

Get Vaccinated

यो एउटा संदेशमुलक गीत हो। समाजमा बढ्दै गएको आधुनिकीकरणको प्रभाव र मौलिक लोक संकृति लोप हुँदै गएको यथार्थलाई चित्रण गर्दै युवालाई आधुनिकताका नाममा मौलिकता बिर्सन नहुने संदेश प्रवाह गर्ने आशय रहेको निर्माण पक्षले जनाएको छ। समाजमा मौलाउँदै गएका विकृति जस्तै आधुनिकताका नाममा वा देखासिकीमा हाम्रो पहिचान समेत रहेका पोशाकलाई बिर्सेर छोटो पहिरनलाई अङ्गाल्दै गएको कुराको व्यङ्ग्यात्मक तरिकाले विरोध गरिएको छ।

गीतलाई सतही रुपमा मात्र नलिएर गीतका माध्यमबाट मौलिक संस्कृतिको संरक्षण गर्ने पवित्र उद्देश्यलाई मनन गरेर त्यसै अनुरुप प्रतिक्रिया व्यक्त गर्न आग्रह गरिएको छ।‌

गीत: नकशा
शब्द/संगीत: बैकुण्ठ रायमाझी
स्वर: राम परियार/कजिना ढकाल
निर्देशक/कोरियोग्राफर: सेर बहादुर गुरुङ

भिडियो हेर्नुहोस्:

Awareness by SKF


Leave a Reply

Your email address will not be published. Required fields are marked *