अनिल खत्री, गुल्मी: गुल्मीको छत्रकोट गाउँपालिका पल्लिकोटमा जेसिबिडोजर दुर्घटनामा चालकको मृत्यु भएको छ। छत्रकोट गाउँपालिका-२ पल्लिकोटको रातापानी भन्ने ठाउँमा लु १ क ४७७१ नम्बरको जेसिबि डोजर दुर्घटनामा परेको हो।
दुर्घटनामा परेर जेसिबि डोजर चालक दाङ जिल्ला शान्तिनगर गाउँपालिका-१ निवासी ३३ वर्षका यज्ञ वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी ) माधवराज खरेलले बताए। जेसिबी डोजर गएराती छत्रकोटको रातापानी भन्ने स्थानबाट लुम्छा तर्फ अाउने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
दुर्घटनामा परेको जेसिबि डोजर सडकबाट करिब ५ सय मिटर तल खसेको छ। जेसिबि बिहीबार राति दुर्घटनामा परेपनि स्थानीयले शुक्रबार बिहान ९ बजेतिर देखेर प्रहरीलाई खबर गरेका थिए।
घटना स्थानमा इलाका प्रहरी चौकी रिडिका प्रहरी निरीक्षक यमलाल बन्जाडेको कमाण्डमा टोलि खटिएको थियो। घटनास्थलमा प्रहरी पुग्दा चालक मृत अवस्थामा फेला परेका थिए।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







