Awareness

Get Vaccinated

गुल्मीको छत्रकोटमा डोजर दुर्घटना हुँदा चालकको मृत्युु



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Place for ads

अनिल खत्री, गुल्मी: गुल्मीको छत्रकोट गाउँपालिका पल्लिकोटमा जेसिबिडोजर दुर्घटनामा चालकको मृत्यु भएको छ। छत्रकोट गाउँपालिका-२ पल्लिकोटको रातापानी भन्ने ठाउँमा लु १ क ४७७१ नम्बरको जेसिबि डोजर दुर्घटनामा परेको हो।

दुर्घटनामा परेर जेसिबि डोजर चालक दाङ जिल्ला शान्तिनगर गाउँपालिका-१ निवासी ३३ वर्षका यज्ञ वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी ) माधवराज खरेलले बताए। जेसिबी डोजर गएराती छत्रकोटको रातापानी भन्ने स्थानबाट लुम्छा तर्फ अाउने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेको जेसिबि डोजर सडकबाट करिब ५ सय मिटर तल खसेको छ। जेसिबि बिहीबार राति दुर्घटनामा परेपनि स्थानीयले शुक्रबार बिहान ९ बजेतिर देखेर प्रहरीलाई खबर गरेका थिए।

घटना स्थानमा इलाका प्रहरी चौकी रिडिका प्रहरी निरीक्षक यमलाल बन्जाडेको कमाण्डमा टोलि खटिएको थियो। घटनास्थलमा प्रहरी पुग्दा चालक मृत अवस्थामा फेला परेका थिए।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया