Hi-Speed Computer

Awareness Campaign

वडाको पहिलाे निर्णय: विपन्नलाई नि:शुल्क स्वास्थ्य बिमादेखि नि:शुल्क पढाउनेसम्म



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर ४ अर्खलेको पहिलाे बैठकले वडामा रहेका विपन्न नागरिकको निशुल्क स्वास्थ्य विमा गरिदिने निर्णय गरेको छ। न्यूनतम शूल्क समेत बुझाउन नसक्ने आर्थिक अवस्था घरपरिवारलाई निशुल्क विमा र बालबालिकाकाे भर्ना शूल्क तथा शैक्षिक सामाग्री व्यवस्थापन गर्न नसक्ने अथवा अन्य कारणले विद्यालय शिक्षाबाट वञ्चित बालबालिकालाई वडाले पढाउने निर्णय गरेको हो।

२०७२ सालबाट स्वास्थ्य बिमा सुरुवात भएतापनि वडाका सबै नागरिकले बिमाका लागि तिर्नुपर्ने रकम तिर्न नसक्ने केही घरपरिवार भएका कारण पहिला यसलाई प्राथमिकता दिएको वडा अध्यक्ष लिलाधर आचार्यले बताए।

वडामा अझै पनि केही बालबालिका विद्यालयकाे पहुँच भन्दा बाहिर रहेको छन । जसकाे घरका बालबालिकाले भर्ना शुल्क तथा शैक्षिक सामाग्री व्यावस्थापन गर्न नसकि बिद्यालय शिक्षा बाट बञ्चित छन ती बालबालिकालाई पनि वडाले निशुल्क पढाउने वडा अध्यक्ष आचार्यले बताएका छन। सेतोमसी डटकममा यो खबर छ।

Forest
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया