Hi-Speed Computer

Awareness Campaign

गुल्मीका पुराना जनप्रतिनिधीहरु: जित्ने कम, हार्ने बढी



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

सन्जु काउछा, गुल्मी: २०७४ सालमा सम्म्पन्न स्थानीय निकायको निर्वाचनमा गुल्मी जिल्लामा निर्वाचित भएर एक कार्यकाल सम्पन्न गरेका दुई जना गाउँपालिका प्रमुखहरु यसपालिको निर्वाचनबाट नयाँ कार्यकलको लागि पुन: दोहोरिएका छन्। उपाध्यक्ष पदमा एक जना जनप्रतिनिधी दोहोरिँदा अन्य ३ जना र अध्यक्षमा २ जना हार ब्यहोर्दै निर्वाचित जनप्रतिनिधीको रुपमा पुन: नयाँ कार्यकालको लागि दोहोरिने उनिहरुको सपनामा ब्रेक लागेको छ।

एक कार्यकाल धुर्कोट गाउँपालिका प्रमुख भएका नेकपा माओवादी केन्द्रका भूपाल पोखरेल र कालीगण्डकी गाउँपालिकाका कांग्रेसका बेदबहादुर थापामगर पोख्रेल पुन: निर्वाचित भएका हुन्। माओवादीका पोखरेलले ६ हजार ८९ मत ल्याएर अध्यक्ष जित्दै नयाँ कार्यकालको लागि पुन: निर्वाचित हुँदा उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका महेन्द्र भण्डारीले जम्मा ४ हजार २६१ मत ल्याए ।

त्यस्तै कालिगण्डकीको अध्यक्षमा कांग्रेसका थापाले ४ हजार ८ सय १० मत ल्याएका फेरी नयाँ कार्यकालला लागि बिजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का रामजी ढकालले भने ४ हजार ६ सय ७७ मत ल्याउँदै झिनो मतान्तरले पराजय भोगे ।

Forest
Forest
Ad.

तर, सत्यवती गाउँपालिकामा एक कार्यकाल प्रमुख भएका कांग्रेस नेता पारिश्वर ढकालले अहिले पराजय भोगे । सत्यवती अध्यक्षमा एमालेका टीकाराम पाण्डेले ६ सय ५६ मतको अन्तरले गठबन्धनका तर्फबाट कांग्रेसका पारिश्वर ढकाललाई पराजित गरेका हुन् । पाण्डेको ६ हजार २ सय ६७ र ढकालको ५ हजार ६ सय ११ मत रहेको थियो ।

त्यस्तै, एक कार्यकाल मालिका गाउँपालिका प्रमुख भएका रितबहादुर थापा पनि अहिले पुरानै प्रतिस्पर्धी माओवादीका देवीराम अर्यालसँग पराजित हुनुपर्यो । सिंगो गाउँपालिकामा नेकपा एमाले निल हुँदा गाँउपालिका अध्यक्षमा गठबन्दका साझा उम्मेदवार नेकपा माओवादीका केन्द्रका देबिराम अर्यालले ६ हजार १७६ मत प्राप्त गरि बिजयी भए । एमालेका उम्मेदवार रित बहादुर थापाले जम्मा ४ हजार ६१७ मत प्राप्त गरेका थिए । अर्यालले थापाले भन्दा १ हजार ५५९ मत बढी प्राप्त गर्दै जित सुनिस्चित गरेका हुन् । २०७४ सालको निर्वाचनमा ३ ठुला पार्टी एक्लाएक्लै भिड्दा एमालेका रित बहादुर थापाले माओवादीका अर्यालले भन्दा झन्डै दोब्बर मत सहित बिजयी भएका थिए । तर यसपाली उनले नमिठो हारको स्वादमै चित्त बुझाउनु पर्यो ।

गाउँपालिका उपप्रमुखहरुमा पनि ४ जना उम्मेदवारहरु फेरी नयाँ कार्यकालका लागि दोहोरिने कसरतमा थिए । इस्मा गाउँपालिका उपप्रमुख विमला खत्री, चन्द्रकोट गाउँपालिका उपप्रमुख राधिका अर्याल, कालीगण्डकीमा तारा थापा र मदाने गाउँपालिका उपप्रमुख सरिता खड्का सोही पदमा अहिले पनि चुनावी मैदानमा थिए । तर, मदाने गाउँपालिका उपप्रमुखमा खड्का मात्रै नयाँ कार्यकालका लागि पुन: विजयी भइन् ।

मदाने गाउँपालिकामा उपप्रमुख पदकी उम्मेदवार नेकपा एमालेकी सरिता खड्का पुन: नयाँ कार्यकालका लागि दोहोरिएकी छन् । नेकपा एमालेकी सरिता खड्का ४ हजार ५६७ मत सहित पुनः विजयी भएकी हुन् । उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका बेगम चन्दले ४ हजार २११ सहित ३५६ मतको अन्तर पराजित भएका हुन् । खड्काले अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसकी सुशिला भुसाललाई पराजित गर्दै निर्वाचित भएकी थिईन् ।

Awareness by SKF

इस्मामा बिमला खत्री कांग्रेसकी पार्वती कुँवरसँग पराजित भईन् । कुँवरले ५ हजार ९०९ मत ल्याएर उपाध्यक्षमा बिजयी हुँदा खत्रीले जम्मा ५ हजार १२१ मत पाईन् । चन्द्रोकोटको उपाध्यक्षमा फेरी दोहोरिने कसरतमा रहेकी गाउँपालिका उपप्रमुख राधिका अर्यालको सपना गठबन्दनका तर्फबाट उम्मेदवार नेपाली कांग्रेसका विष्णु प्रसाद भण्डारी जितसँगै चकनाचुर भएको छ । भण्डारीले ५ हजार १६ मत ल्याउँदै उपाध्यक्ष पदमा बिजयी हुँदा अर्यालले जम्मा ३ हजार ८१६ मत प्राप्त गरिन् ।

उता कलिगण्डकी गाउँपालिकाको उपाध्यक्षमा पनि तारा थापा दोहोरिन सकिनन् । थापाले नेकपा एमलेकी उम्मेदवार मन्जु कुमारी दर्लामीसँग पराजय भोगिन् । उपाध्यक्षमा एमालेकी दर्लामीले ४ हजार ४ सय ८४ मत ल्याएर निर्वाचित हुँदा राष्ट्रिय जनमोर्चाकी थापाले जम्मा ४ हजार ३ सय ८४ मत पाएकी थिइन्‌। -गुल्मी न्यूजबाट साभार

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया