Hi-Speed Computer

Awareness Campaign

गुल्मीमा जम्मा एक मतले वडाध्यक्षमा कांग्रेसका न्यौपाने विजयी



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीमा एकजना उमेदवार जम्मा एक मतको अन्तरले वडाध्यक्षमा विजयी भएका छन्। गुल्मीको कालिगण्डकी गाउँपालिका-२, अर्वेनीमा नेपाली काँग्रेसका उमेदवार रेशमराज न्यौपाने एमाले उमेदवार बाबुराम न्यौपानेलाई जम्मा एक मतले पछाडि पार्दै विजयी भएका हुन् । विजयी न्यौपानेले ७५६ मत प्राप्त गरेका छन भने पराजित न्यौपानेले ७५५ मत प्राप्त गरेका छन् ।

निर्वाचन कार्यालय कालीगण्डकी गाउँपालिकाले विजेता घोषणा गरेको स्थानीयवासी तथा नेपाल पत्रकार महासंघका सदस्य प्रेम पाँडेले जानकारी दिए । उनका अनुसार वडा नम्वर १ हर्मिचौरमा भने पुनः मत गणना सुरु भएको छ । त्यस वडामा खसेको कुल मत १४३५ रहेकोमा गणना गर्ने बेलामा १४८७ मत फेला परे पछि पुनः मत गणना भएको हो ।

सो पालिकामा काँग्रेस र जनमोर्चा बिच र एमाले र माओवादी बीच अलग अलग चुनावी तालमेल भएको छ । जसअनुसार गाउँपालिकाका निवर्तमान अध्यक्ष तथा काँग्रेस पालिका अध्यक्ष उमेदवार वेद थापामगर एमाले अध्यक्षका उमेदवार रामजी ढकाल भन्दा धेरै पछाडि छन् । -रातोपाटी डट कमबाट साभार

Forest
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया