Awareness

रेसुङ्गा नगरपालिकामा कांग्रेसका पन्थीले लिए १ हजार बढी मतको अग्रता, कुन वडामा कसले जिते?

खबर स्थानीय निर्वाचन-२०७९

Place for ads

गुल्मी: गुल्मीको रेसुङ्गा नगरपालिकामा नेपाली कांग्रेसले फराकिलो अग्रता बनाएको छ। नेपाली कांग्रेसका नगरप्रमुख खिलध्वज पन्थीले १ हजार भन्दा बढी मतको अग्रता लिएका छन्।

पछील्लो अपडेट अनुसार कांग्रेस उम्मेदवार पन्थीले ७ हजार ३ सय १ मत ल्याएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका राजेन्द्र पाण्डेले ६ हजार १ स्य ७३ मत प्राप्त गरेका छन्।

Get Vaccinated

उता उपमेयरमा पनि नेपाली कांग्रेसकी अमृतादेवी कुँवरले अग्रता लिएकी छन् । कुँवरले ७ हजार २ सय ९२ मत ल्याएकी छन् । उपमेयरकै उम्मेदवारले एमालेकी रिता पाण्डेले ६ हजार १ सय ६ मतका साथ कुँवरलाई पछ्याईरहेकी छन् ।

नगरको १४ वडामध्ये कांग्रेसले वडा नं २, ३, ४, ५, ७, ९, १० र १४ मा जित हासिल गरेको छ भने एमालेले वडा नं १, ६, ८ र ११ मा जित निकालेको छ ।

नगरपालिकाको वडा नं १ मा एमालेका रामप्रसाद पन्थी विजयी भएका छन् । वडा नं २ मा एमालेका हिमाल कुँवरलाई हराउँदै कांग्रेसका हिराबहादुर थापा विजयी भएका छन्।

वडा नं ३ मा कांग्रेसकै बाबुराम खत्री विजयी भएका छन । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका मानबहादुर घर्तीलाई हराएका हुन्।

Awareness by SKF

वडा नं ४ मा एमालेका चोलराज शर्मा कांग्रेसकै लीलाधर आचार्य विजयी भएका छन्।

वडा नं ५ मा पनि नेपाली कांग्रेसका दुर्गा प्रसाद खनाल विजयी भएका छन् । वडा नं ६ मा एमालेका गन बहादुर गुरुङले जित हासिल गर्दा वडा ७ मा कांग्रेसका रामजी पन्थी विजयी भए।

वडा नं ८ मा एमालेका निरन्जन काउछा विजयी भएका छन्। त्यस्तै वडा नं ९ कांग्रेसका कृष्ण प्रसाद पाण्डे र १० मा पनि कांग्रेसकै राम बहादुर बस्नेत बिजयी भएका छन् । वडा नं ११ मा एमालेका खुम बहादुर राना बिजयी हुँदा १३ मा कांग्रेसका हुम बहादुर बस्नेतले जित हात परेका छन् ।

रेसुङमा अघिल्लो निर्वाचनमा एमालेका डिल्लीराज भुसाल विजयी भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *