Awareness

Get Vaccinated

गुल्मीको धुर्कोट र रुरु क्षेत्रमा मतगणना अनिश्चित



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Place for ads

हुमाकान्त पोखरेल, गुल्मी: धुर्कोट र रुरुक्षेत्र गाउँपालिकामा मतगणना अनिश्चित भएको छ। मतगणना सकिएपछि वडा नम्बर ४ जैसिथोकमा नेपाली काँग्रेसबाट वडाध्यक्षका उम्मेदवार गोपाल थापामाथि हातपात भएपछि मतगणना अनिश्चित भएको छ।

जिल्लाका अन्य पालिकामा मतगणना चलिरहदा धुर्कोटमा भने सर्वदलीय बैठक पनि बस्न सकेको छैन । शुक्रबार साँझ करिब नौ बजेको समयमा पालिका केन्द्र बर्बोटमा माओवादी–एमाले र काँग्रेसका कार्यक्रताहरुबीच झडप हुँदा वडाध्यक्षका उम्मेदवार थापा घाइते भएका थिए । झडपमा थापासँगै जैसिथोकका निरञ्जन कुँवर र संजय नेपाली पनि घाइते भएका छन् । घाइतेहरुको गुल्मी जिल्ला अस्पतालमा उपचारपछि थप उपचारका लागि बुटबल रिफर गरिएको छ।

झडपमा सहभागि धुर्कोट रजस्थलका छ जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको प्रहरी उपरीक्षक भिम बहादुर दाहालले जानकारी दिए । निर्वाचन अधिकृत मुना पौडेलका अनुसार सर्वदलीय बैठक सुरु हुन सकेको छैन । मुचुल्कामा हस्ताक्षर गरेका दलहरुबीचमा सर्वदलीय बैठक राख्नुपर्ने भएपनि काँग्रेसबाट प्रतिनिधि नआउदा बैठक बस्न नसकेको पौडेलले जानकारी दिइन्।

केही समय ढिला भएपनि काँग्रेससहितको बैठकपछि मात्र मतगणना सुरु गर्ने भएकोले ढिलाई भएको पौडेलले जानकारी दिइन् । शुक्रबार साँझ झडप भएपनि काँग्रेसका नेता–तथा कार्यक्रताले नाराबाजि गरेका थिए।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया