Salime Malika Krishi Farm

Awareness Campaign

जीप दुर्घटना हुँदा कम्तिमा १० जना घाइते



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

डोटी: डोटीको शिखर नगरपालिका-४ गरूडीमा ना १ ज ३१५२ को जीप दु र्घ टना हुँदा कम्तिमा १० जना घाइते भएका छन्।

शिखर नगरपालिकाको लुवाखडीबाट यात्रु बोकेर शिखर नगरपालिका-५ तिजालीतर्फ जान लागेको जीप दुर्घटना भएको हो। बिहीबार बेलुकी करिब ६ बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

जीप सडकबाट १५ मिटर तल खसेको छ। जीपमा क्षमताभन्दा बढी यात्रु भएका कारण दु र्घ टना भएको बताइएको छ। जीपमा करिब ३० जना यात्रु रहेका जनाइएको छ। यात्रु जीपको छतमा समेत कसेका बसेका थिए। घा इ ते हरूको संख्या अझै एकीन हुन नसकेको प्रहरीले जनाएको छ।

सिंचाई
Forest
Ad.

घा इ ते हरूलाई दिपायलस्थित शैलेश्वरी अस्पतालमा लगिएको बताइएको छ। अधिकांश यात्रुहरू शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि भोट हाल्न जिल्ला बाहिरबाट आएका थिए। घाइते यात्रुहरू अधिकांश शिखर नगरपालिका-५, तिजालीका रहेका छन्।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया