Hi-Speed Computer

Awareness Campaign

गुल्मीमा निर्वाचनका लागि २ हजार ५ सय ८३ सुरक्षाकर्मी परिचालन



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीमा स्थानीय तहको निर्वाचनका लागि दूई हजार ५ सय ८३ जना सुरक्षाकर्मी खटिने भएका छन्। यहि वैशाख ३० गते हुने निर्वाचनलाई स्वच्छ मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्न लागि एक हजार २ सय २० जना म्यादी,७ सय ३४ जना नेपाल प्रहरी, ३ सय ५४ सशस्त्र प्रहरी र २ सय ५५ जना नेपाली सेना परिचालन हुने गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले जानकारी दिनुभयो।

आवश्यक परेमा थप सुरक्षाकर्मीहरुको पनि प्रबन्ध मिलाइएको उहाँको दाबी रहेको छ। निर्वाचनलाई शान्तीपूर्ण तरिकाले सम्पन्न गर्न जिल्ला सुरक्षा समिति सक्षम रहेको भन्दै ढुक्क भएर मतदान गर्न मतदाताहरुलाई पौडेलले आग्रह गर्नुभयो।

प्रशासनको सेवा बन्द
जिल्ला प्रशासन कार्यालय गुल्मीले स्थानीय तहको निर्वाचनमा कर्मचारीहरु खटिनु पर्ने भएकाले नागरिकता लगायतका कार्यहरु बन्द रहने जनाएको छ। यहि वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कर्मचारीहरु खटिनुपर्ने भएकाले नागरिकता, नाबालक परिचयपत्र,पेन्सन तथा अन्य सिफारिसका कार्यहरु २५ गते देखि ३० गते सम्म बन्द रहने प्रशासनले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।

Forest
Forest
Ad.

साथै वैशाख ३१,जेठ १र २ गते सार्वजनिक बिदा परेकाले ३ गतेदेखी स्थगित भएका सम्पुर्ण सेवाहरु सुचारु हुने गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले जानकारी दिनुभयो। स्थानीय तहको निर्वाचन सम्पन्न गर्नका लागि जिल्लामा उचित सुरक्षाको प्रबन्ध मिलाइएको पौडेलले दाबी गर्नुभयो। यो निष्पक्ष खबर डटकमबाट साभार गरिएको हो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया