Clean Water Campaign

Awareness Campaign

निर्वाचनको दिन पानी पर्ने सम्भावनाले बढायो निर्वाचन आयोगको चिन्ता



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

काठमाडौं: स्थानीय तह निर्वाचन हुने ३० वैशाखको दिन पानी पर्ने संभावनाले निर्वाचन आयोग चिन्तित भएको छ।

सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने, ‘मौसमको सम्बन्धमा हामी चिन्तित छौं।’ तर, वर्षाका कारण मतदानलाई असर नगरोस् भन्नेमा आयोग सचेत रहेको उनले बताए।

‘हामीले बुझ्दा ३० गते पानी पर्ने सम्भावना रहेको छ’ उनले थपे, ‘हामी व्यवस्थापनमा पनि सचेत छौँ।’

Forest
Forest
Ad.

प्रत्येक स्थानीय तहमा विपत्त व्यवस्थापन कोष छ र त्यससँग सामग्री रहेको उल्लेख गर्दै उनले भने, ‘कोषसँग भएको सामग्रीहरु प्रयोग गरेर बर्षात भएको अवस्थामा सबै सामाग्री सुरक्षा गरेर निर्वाध मतदान गर्ने वातावरण मिलाउने हाम्रो प्रयास रहन्छ।’

आयोगले बर्षातका कारण आउन सक्ने समस्या समाधानका लागि आयोगले सबै स्थानीय तहहरूलाई मतदान अधिकृत र प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरी आवश्यक व्यवस्था गर्न पनि भनेको छ।

संघीय मामिला मन्त्रालयमार्फत सबै स्थानीय तहलाई यसबारे निर्देशन गरिएको आयोगले जनाएको छ। –अनलाईन खबरबाट साभार

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया