काठमाडौं: अरू दिन बिहान साढे ९ देखि बेलुका साढे ५ बजेसम्म कार्यालय खुल्ने गरी सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले जेठ १ गतेदेखि लागु हुने गरी हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए। निर्णयअनुसार अब शनिबार र आइतबार दुई दिन बिदा हुनेछ। अरू दिन कार्यालयहरू बिहान साढे ९ बजेदेखि साँझ साढे पाँच बजेसम्म खुल्नेछन्।
पेट्रोलियम पदार्थ महंगो हुँदा र विदेशी मुद्रा सञ्चितिमा दबाब परेपछि आयल निगमले हप्तामा दुई दिन बिदा दिन प्रस्ताव राखेको थियो।
कमेन्ट गर्नुहोस्
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |