Hi-Speed Computer

Awareness Campaign

गुल्मीबाट एसईईमा झण्डै ५ हजार विद्यार्थी सहभागी हुँदै



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

अनिल खत्री, गुल्मी: गुल्मी जिल्लाबाट यस वर्षको माध्यमिक शिक्षा परिक्षा (एसईई) मा ४ हजार ८ सय २३ विद्यार्थी सहभागी हुने भएका छन्। वैशाख ९ देखि १७ गतेसम्म सञ्चालन हुन लागेको माध्यमिक शिक्षा परिक्षा (एसईई)मा जिल्लाका १ सय ४० वटा विद्यालका विद्यार्थीहरु सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइ गुल्मीका प्रमुख लोकनाथ मरासिनीले बताए।

प्राविधिक धारको परिक्षा भने बैशाख २० गतेसम्म चल्नेछ। कुल विद्यार्थी संख्य मध्ये छात्रा २ हजार ८ सय ५ जना र छात्र २ हजार ३ सय १५ जना परिक्षामा सहभागी हुने बताउनु भयो।

प्राबिधिक तर्फ १६ वटा बिद्यालयका २८७ जना विद्यार्थी परिक्षा सहभागि हुने मरासिनीले बताए। परिक्षालाई व्यवस्थित र मर्यादित बनाउनका लागि जिल्लाका विभिन्न स्थानमा २७ वटा परिक्षा केन्द्र निर्धारण गरिएको छ।

Forest
Forest
Ad.

अहिले परीक्षा केन्द्रहरुमा उत्तरपुस्तिका पुगिसकेको जानकारी दिनुहुँदै उहाँले प्रश्नपत्र पनि सम्बन्धित परीक्षा केन्द्र भएको नजिकैको प्रहरी चौकीमा पुयाइएको मरासिनीले बताए। परिक्षालाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न आबश्यक सुरक्षाको प्रबन्ध मिलाइएको प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेलले बताए।

परीक्षालाई स्थानीय तहका प्रमुख, उपप्रमुख र शिक्षा शाखाको प्रमुखले पनि अनुगमन गर्ने व्यवस्था मिलाइएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया