Clean Water Campaign

Awareness Campaign

कृष्ण गौतमले ल्याए पञ्चेबाजाको गीत ‘मालिकामा टल्क्यो गजुर’ (भिडियो सहित)



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: मुसिकोट नगरपालिका वडा नं. ६ गुल्मीमा जन्मिएर वैदेशिक रोजगारीको शिलशिलामा जापानमा रहेका कृष्ण गौतमको ‘मालिकामा टल्क्यो गजुर’ बोलको पञ्चेबाजा गीत गत शुक्रबार सार्वजनिक गरिएको छ।

गुल्मीको मुसिकोट नगरपालिका, वडा नम्बर ६, कुर्घामा जन्म भई हाल वैदेशिक रोजगारीको शिलशिलामा जापानमा रहनु भएका सर्जक कृष्ण गौतमको मालिकामा टल्क्यो गजुर नामक मौलिक पन्चेबाजाको गीत कृष्ण गाैतम युट्युब च्यानलबाट सार्वजनिक गरिएकाे छ।

यस गीतको थेगो मौसम अर्यालको रहेको छ भने शब्द संयोजन गणेश अधिकारीले गर्नुभएको हो। लय तथा संगीत संयोजन कृष्ण गौतमले गर्नुभएको हो।

सिंचाई
Forest
Ad.

मालिकामा टल्क्यो गजुर बोलको मौलिक पन्चेबाजाको गीतमा कृष्ण गाैतम र सुनिता बुढा क्षेत्रीको स्वर रहेको छ भने ओवी रायमाझी, शोना घिमिरे, रामु गौतम र वर्षा गौतमको मुख्य अभिनय रहेको छ।

उक्त गीतको म्युजिक भिडियाेमा मुसिकोट नगरपालिका भित्र रहेका विभिन्न धार्मिक एवं पर्यटकिय स्थलहरुको दृश्य देखाइएकाे छ।

मालिकामा टल्क्यो गजुर गीत निर्माणको लागि आवश्यक सम्पूर्ण व्यवस्थापन कृष्ण गौतम र रामु गौतमको परिवारले गरेका हुन्।

भिडियो हेर्नुहोस्:

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया