Awareness Campaign

वामी-विश्व सम्पर्क मञ्चको वनभोज कार्यक्रममा राष्ट्रिय कलाकारहरुले मच्चाए धमाका



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

काठमाडौं: वामी-विश्व सम्पर्क काठमाडौँ शाखाको आयोजनामा २०७८ चैत्र १२ गरे शनिवार बालाजु स्थित बाइसधारा रातो घर परिसरमा काठमाडौँमा व्यवसाय गरेर, अध्ययन अध्यापन वा स्थायीरुपमा बसोबास गर्दै आउनुभएका तथा विशेष कामले काठमाडौंमा रहनुभएका वामेलीहरुको सक्रिय सहभागितामा भव्य रूपमा वनभोज कार्यक्रम सम्पन्न भएको हो।

बिहान दस नबज्दै शुरू भएको वनभोज कार्यक्रम साँझ साढे ५ सम्म निकै रमझमपूर्ण बन्यो। कार्यक्रम कै बिचमा प्रा.डा. जिवलाल सापकोटाले वामी विश्व सम्पर्क मञ्च नौमती साँस्कृतिक समितिका अध्यक्ष बैकुण्ठ रायमाझीको शब्द तथा सङ्गीतमा बनेको सोरठी जो लोक गायक रामचन्द्र चन्द शर्मिला गुरुङ र इन्द्र जिसीले गाउनुभएको थियो।

Forest
Forest
Ad.

जुन वामी मै छायांकन भएको थियो। उक्त सोरठी तेस्रो बर्षको अंग्रेजी ४२५: भिजुअल आर्ट पाठ्यक्रममा राखिएको र छपाइ भएर आएको भन्दै श्रजक बैकुन्ठ रायमाझी लोकगायक रामचन्द्र चन्द लगायत सिंगो साँगितिक टिमलाई बधाई ज्ञापन गर्नुभएको थियो।

कार्यक्रममा राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकारहरु लोक गायक रामचन्द्र चन्द, फरक क्षमताकी नृत्याङ्गना सीता सुवेदी, गायिका रीता के.सी, गायक तिलक बस्नेत लगायतको उपस्थितिले कार्यक्रम अझै रमणीय बनेको थियो।

कलाकारहरुले कार्यक्रममा सहभागी वामेलीहरुलाई धित मरुन्जेल नचाएका थिए, कार्यक्रममा प्रकृतिले दिएको वामी गीतका एरेन्जर तथा गायक गायिकालाई सम्मान समेत गरेको थियो।

Awareness by SKF

वामी विश्व सम्पर्क मञ्च काठमाडौं शाखाका अध्यक्ष वेदप्रसाद लोहनी ले भन्नुभयो, ‘पिकनिकमा वामी घर भएका मात्रै नभएर वामीसँग प्रत्यक्ष अप्रत्यक्ष रूपमा जोडिनुभएका महानुभाव पनि उपस्थित हुनुभएको थियो। समग्रमा कार्यक्रम सफल भएको हामीले महसुस गरेका छौँ। कार्यक्रममा साथ दिनुहुने सबैलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्दछौँ।’

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया