Salime Malika Krishi Farm

Awareness Campaign

मुसिकोट नगरपालिकाको ४८ औँ खानेपानी आयोजनाको नगर प्रमुख सापकोटाद्वारा उद्घाटन



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

सागर भण्डारी, गुल्मी: मुसिकोट नगरपालिकाको एक घर एक धारा कार्यक्रम अन्तर्गत ४८ औँ खानेपानी आयोजनाको उद्घाटन गरिएको छ। ४८औँ खानेपानी आयोजनाको रुपमा वडा नं २ स्थित लुगरिबास, आरुपाटा, रातचौर, ताल्तुङ्ग, बगैचा, सारुटोला, अमिले, लुहरुङ्ग खानेपानी आयोजनाको नगरप्रमुख सोमनाथ सापकोटाले बिहिवार उद्घाटन गरेका हुन्।

उद्घाटन सत्रमा बोल्दै नगरप्रमुख सापकोटाले निर्वाचनमा बाचा गरे बमोजिम नगरपालिकाका विभिन्न वडामा एक घर एक धारा कार्यक्रम सम्पन्न भएको बताए। उनले हालसम्म नगरपालिकाका करिब ६ हजार ५ सय घरधुरीमा खानेपानीको पहुँच पुगेको भन्दै नागरिकको आधारभूत आवश्यकताको रुपमा रहेको शुद्ध खानेपानी पिउन पाउने अधिकारको सुनिश्चित भएको बताए।

नगरप्रमुख सापकोटाले सम्पन्न खानेपानी योजनाहरुको दिगो व्यवस्थापनका लागि नगरपालिकाले विभिन्न चरणमा खानेपानी उपभोक्ता समिति, प्राविधिक तथा लेखा सम्बन्धी तालिमहरु सञ्चालन गरेको समेत जानकारी दिए।

सिंचाई
Forest
Ad.

कार्यक्रममा बोल्दै नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत खिमानन्द भुषालले नागरिकको मौलिक हकको रुपमा रहेको शुद्ध खानेपानी पिउन पाउने अधिकारको सुनिश्चित गर्ने काममा नगरपालिकाले विभिन्न आयोजनाहरु सम्पन्न गरेको बताए। उनले उपभोक्ता समितिले पनि खानेपानीको आयोजना सम्पन्न गर्ने मात्रै नभएर त्यसको दिगो व्यवस्थापनको पक्षमा गम्भीर हुनुपर्ने धारणा व्यक्त गरे।

मुसिकोट नगरपालिकाका एक घर एक धारा सयोंजक नारायण सापकोटाले मुसिकोट नगरपालिकाले यो कार्यक्रम प्रमुख प्राथमिकताका साथ अगाडी बढाएको भन्दै विगतमा घण्टौसम्म डोकोमा गाग्री बोकेर खानेपानी बोक्ने नागरिकहरुको घरघरमा खानेपानीको उपलब्धता पुगेको बताए।

नेपाली काँग्रेस मुसिकोट नगरकार्यसमिति सभापति मोहन घिमिरेले खानेपानीको नाममा कतिपय विपन्न नागरिकहरुबाट चर्को शुल्क उठाउँदा उनीहरु खानेपानीबाटै वञ्चित हुनुपर्ने अवस्था सिर्जना भएको भन्दै त्यसतर्फ गम्भीर हुन नगरपालिकाको ध्यानाकर्षण गराए। फरक प्रसगंमा घिमिरेले नगरपालिकाको बसाईँसराईदर जिल्लामै उच्च रहेकाले नागरिकका आधारभूत आवश्यकता प्रत्याभुत गर्ने तर्फ सरकार लाग्नुपर्ने बताए।

खानेपानी आयोजनाका अध्यक्ष जनक बहादुर खत्रीले आर्थिक वर्ष २०७६/७७ अन्तर्गत मुसिकोट नगरपालिका र प्रदेश सरकारको सयुंक्त लगानीमा करिब ४९ लाख ४ हजार ४ सय ३१ बजेटमा योजना सम्पन्न भएको जानकारी गराए। उनले खानेपानी योजना सम्पन्न गर्न उपभोक्ताहरुले झण्डै ३ महिना जनश्रमदान गरेको भन्दै जसबाट ५ लाख ६ हजार २ सय ८० रुपैयाँ बचत गर्न सफल भएको बताए।

Awareness by SKF

कार्यक्रममा मुसिकोट नगरपालिका वाससंयोजक सिता भुषाल, ईन्जिनियर प्रकाश खनाल, स्थानिय राजनीतिक दल, समाजसेवी, बुद्दिजिवि, शिक्षक, पत्रकार लगायतको सहभागिता रहेको थियो।

आयोजनाका अध्यक्ष जनक खत्रीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सन्चालन कौरव खत्रीले गरेका थिए।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया