Hi-Speed Computer

Awareness Campaign

चौथो गुल्मी महोत्सवको स्टल बुकिङ्ग खुल्ला



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

अनिल खत्री, गुल्मी: आगामी चैत २५ गतेदेखि बैशाख ४ गते सम्म सञ्चालन हुने चौथो गुल्मी महोत्सवको स्टल बुकिङ्ग खुल्ला गरेको छ। महोत्सवमा स्टल राख्न चाहनेहरुले चैत १ गतेदेखि चैत १० गतेसम्म सम्पर्क गर्न आयोजकले आवहन गरेको छ।

१० दिनसम्म जिल्ला सदरमुकाम तम्घासमा चल्ने महोत्सवमा २ सय स्टल रहने छन्। स्टल राख्न चाहनेहरु गुल्मी उद्योग वाणिज्य संघ तम्घास गुल्मीमा सम्पर्क गर्नुपर्नेछ।

गुल्मी उद्योग वाणिज्य संघले ‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने नाराका साथ यहि चैत २५ गतेदेखि बैशाख ४ गतेसम्म चौथो गुल्मी महोत्सव, प्रादेशिक व्यापार एवं औद्योगिक मेलाको आयोजना गरेको हो । चौथो गुल्मी महोत्सवमा ८० हजार दर्शकले मेला अवलोकन गर्ने अपेक्षा राखेको गुल्मी उद्योग बाणिज्य संघका अध्यक्ष इश्वरीप्रसाद पौडेलले बताए ।

Forest
Forest
Ad.

महोसत्वमा दुई सय स्टल रहने गुल्मी उद्योग बाणिज्य संघ गुल्मीले जनाएको छ । महोत्सवलाई व्यवस्थित गर्न ३४ वटा उपसमिति गठन गरिएको छ । सदरमुकाम तम्घासको चिदीचौर खेल मैदानमा आयोजना गरिने महोत्सवमा कृषि तथा घरेलु उत्पादनलाई प्राथमिकता दिने गुल्मी उद्योग बाणिज्य संघ गुल्मीका उपाध्यक्ष एवम् महोत्सव प्रचारप्रसार समिति संयोजक ताराप्रसाद भुसालले बताए।

जिल्लामा उत्पादिन कफी, सुन्तला, तरकारी, माहुरी, च्याउ, जिल्लाको प्रसिद्ध गुणका परिकार लगायतका अरू कृषिजन्य सामग्री महोत्सव अवधिभर राखिने छ। अम्मरपुरको कुमाल समुदायले सेरामिक्सबाट निर्माण गरेका माटोका कलात्मक बस्तुहरु, महोत्सव अवधिभर राखिने भुसालले बताए।

त्यस्तै बाँस तथा निगालोबाट बन्ने अन्य कलात्मक सामग्रीहरूलाई उच्च प्राथमिकताका साथ राखिने भएको छ। महोत्सवबाट जिल्लाको कृषि, घरेलु तथा औधोगिक क्षेत्रको प्रर्बद्धनसगै पवित्र तपोभुमि रुरु, रेसुङ्गा, कंके देउराली, मालिका र कुर्घाको स्वाँरा, शान्तिपुरको टिमुरे ताल सहितका पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसारसँगै राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुको बजोड प्रस्तुती रहने छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया