Awareness Campaign

बहुप्रतिक्षित ‘प्यारो मुसिकोट’ गीत सार्वजनिक (भिडिओ सहित)



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

गुल्मी: गुल्मीको मुसिकोट नगरपालिकाका युवाहरुको पहलमा ‘प्यारो मुसिकोट’ बोलको गीत निर्माण र सार्वजनिक गरिएको छ। रेभान्स शिवा म्युजिक युट्युब च्यानल मार्फत उक्त गीत सार्वजनिक गरिएको हो।

प्यारो मुसिकोट म्युजिक भिडियो झट्ट हेर्दा भौगोलिक अवस्थिति, त्यहाँको चालचलन, त्यहाँका ठेट बोलीचाली र स्थानीय नागरिकहरुको चित्रण गरिएको भिडियो होला भन्ने अनुमान लागेपनि यो म्युजिक भिडियोको अडियो निर्माण पुर्व गरिएको परिकल्पना, त्यसमा कोरिएका माया प्रेमका शब्दहरू अत्यन्तै लोकप्रिय श्रजक तथा गायक कुशल बेलबासेको फरक प्याटनको मनहर्ने लय तथा बडो मृदु गायकीको कारण यो गीत बहुआयामिक प्रियगाथा बन्न गएको छ। कुशल एरेन्जर रामचन्द्र चन्दको म्युजिक संयोजन कला, कुशल-टिकाको जादुमयी आवाजमा यो गीत अत्यन्तै मार्मिक बनेको छ।

यस गीतको म्युजिक भिडियोमा चर्चित मोडल ओवि रायमाझी र शोना घिमिरेको अभिनय रहेको छ भने काजिश श्रेष्ठले निर्देशन गर्नुभएको छ।

Forest
Forest
Ad.

मुसिकोट नगरपालिका-८, ठुलाखर्कमा जन्मेहुर्केर हाल वैदेशिक रोजगारीको सिलसिलामा रहनुभएका युवा खिमानन्द खरेलको परिकल्पना र लगानीमा गीत निर्माण गरिएको हो। आफ्नो गाउँ प्रतिको मायाले ओतप्रोत उहाँको प्राविधिक शिक्षामा समेत योगदान रहेको छ। उहाँ द्वारा निर्मित गीत ‘अभागी आमा’ यस अघि सार्वजनिक भइसकेको छ।

यस गीतमा सर्जक हेमनाथ खरालको समन्वयकारी भूमिका रहेको छ। गीत लेखनमा पनि उहाँको विशेष भुमिका रहेको छ।

भिडिओ हेर्नुहोस्:

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया