Hi-Speed Computer

Awareness Campaign

गुल्मीमा युवाहरुलाई निःशुल्क इलेक्ट्रिसियन र कुक तालिम प्रदान



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

सूर्य सुनार, गुल्मी: तुराङ्ग बहुप्राविधिक शिक्षालय चन्द्रकोट-८, गुल्मीले निःशुल्क इलेक्ट्रिसीयन तथा किचन सहयोगि कुक तालिम सदरमुकाम तम्घासमा शुभारम्भ गरेको छ।

बुधबार एक कार्यक्रमका बिच रेसुङ्गा नगरपालिकाका नगरप्रमुख डिल्लीराज भुसालले उद्धघाटन गर्दै शुभारम्भ गर्नुभएको हो । बैदेशिक रोजगार बोर्डको सचिवालय सँगको सहकार्यमा तुराङ्ग बहुप्राविधिक शिक्षालय चन्द्रकोट ८ गुल्मीको आयोजनामा एक महिने निःशुल्क तालिम युवाहरुलाई प्रदान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि रेसुङ्गा नगरपालिका नगरप्रमुख डिल्लीराज भुसालले जब सम्म युवाहरुलाई स्वदेशमै रोजगार दिन सक्दैनै तब सम्म देशको विकास भएको भन्न नसकिने बताउनुभएको थियो । नेपालका युवाहरुको श्रम अन्य मुलुकमा खर्च भएर अन्य राष्ट्र विकासित हुँदै गएको उल्लेख गर्नुभयो ।

Forest
Forest
Ad.

स्वदेशमै रहेका युवाहरुलाई यही रोजगारको वातवरण सिर्जना गरेका देश बनाउने जिम्मेवारी दिनुपर्ने कुरामा जोड् दिनुभयो । स्वदेशमा रहेका युवाहरुलाई विदेश जान रोक्नको लागि सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने नगरप्रमुख भुसालले बताउनुभयो ।

रेसुङ्गा नगरपालिका उपप्रमुख सीता भण्डारीले रेसुङ्गा नगरपालिका भित्र युवाहरुलाई रोजगारको वातरण सिर्जना गर्न विभिन्न समयमा तालिमको व्यवस्था गरेको बताउनुभयो । साथै तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो।

त्यस्तै नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीका अध्यक्ष टोपलाल अर्यालले तालिम लिने कुरा मात्र ठूलो कुरा नभई तालिममा सिकेका कुरालाई व्यवहारमा उर्तान आग्रह गर्नुभयो। तालिममा सहभागी युवाहरुलाई तालिम सिके पछि सफल व्यवसाय वा उद्योमी बनेको समाचार लेख्न पाइयो भनी शुभकामना समेत दिनुभएको थियो।

तुराङ्ग बहुप्राविधिक शिक्षालयका प्रमुख प्रदिपराज पाण्डेले तुराङ्ग बहुप्राविधिक शिक्षालयले युवाहरुलाई प्राविधिक र दक्ष सिप अभिवृद्धिका लागि स्थापना भएको बताउनुभएको थियो। प्राविधिक शिक्षालयले जिल्लामा ५ सय भन्दा बढि जनशक्तिलाई तालिम दिने उद्येश्य राखेको बताउनुभयो। साथै तालिममा सिकेका कुरालाई व्यवहारमा उर्तान तुराङ्ग बहुप्राविधिक शिक्षालयका प्रमुख प्रदिपराज पाण्डेले बताउनुभयो।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया