विष्णुप्रसाद आचार्य, गुल्मी: गुल्मीको मुसिकोट नगरपालिका अन्तर्गत वामी-भुवाचिदी सडकखण्डको कालोपत्रेको काम समयमा नभएको भन्दै स्थानियले संघर्ष समिति नै गठन गरेर विरोधका कार्यक्रम सुरु गरेका छन।
विगत लामो समयदेखि रिडी-रुद्रवेणी सडकखण्ड अन्तर्गतको वामी भुवाचिदी खण्ड निर्माण व्यवसायीले समयमै काम नगरेको र गर्छु भन्दै ढिलासुस्ती गरेकोले स्थानिय वासिन्दाहरु धुलो र हिलोले हैरान भएको भन्दै स्थानिय आन्दोलित भएको मुसिकोट ७ का वडाध्यक्ष प्रकाश काफ्लेले जानकारि दिनुभयो।
संघर्ष समितिले तत्काल निर्माणको काम सुरु नभए कडा आन्दोलनमा उत्रने भन्दै श्रेष्ठ कन्स्ट्रक्सन अन्तरगत सन्चालित सम्पुर्ण टिप्परहरुलाइ चल्न नदिने भन्दै अन्य निर्माण व्यवसायी सहितका ३ वटा टिप्पर नियन्त्रणमा लिइसकिएको संघर्ष समितिका अध्यक्ष फुलप्रसाद सापकोटाले जानकारी दिनुभयो।
आइतबार वामी बसपार्कमा भेला भएको स्थानियको निर्णयले फुलप्रसाद सापकोटाको सम्योजकत्वमा समिति गठन गरेको हो । जसको उप सम्योजकमा भोजराज सापकोटा,सर्मिष्ठा श्रेष्ठ,विवेक काफ्ले,सचिव रामु गौतम,कोषाध्यक्ष रजित के सी लगायत समितिमा रहनुभएको छ।
समितिले बाटो पिच तुरुन्तै गर, जनस्वास्थ्य माथि खेलवाड बन्द गर, सरकारी निकाय होसियार, काम नगर्ने निर्माण व्यवसायि होसियार लगायतका नारा लगाउदै बसपार्कबाट स्थानियसङ्गै संघर्ष समिति मुसिकोट नगरपालिकाको कार्यालयसम्म पुगेको र ध्यानाकर्षण गराएको समितिले जनाएको छ।
काम सुरु नभएसम्म आन्दोलन जारी रहने संघर्ष समितिले बताएको छ।