Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मी तम्घासको अर्घाखाँची जिपपार्कमा एक पुरुषको शव फेला



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीको तम्घासमा एक जना पुरुषको शव फेला परेको छ। रेसुङ्गा नगरपालिका ९ अर्घाखाँची जिपपार्कमा पुरुषको शव फेला परेको हो।

गुल्मीको छिमेकी जिल्ला अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-९, अर्घाका ६० वर्षीय मन बहादुर गन्धर्वको शव फेला परेको गुल्मी प्रहरीले जनाएको छ। अहिले शवलाई गुल्मी अस्पताल राखिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधव खरेलले बताए। अर्घाखाँचीबाट उनका आफन्त आएपछि शव आफन्तलाई बुझाउने जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

सोमबार बिहान सात बजे शव फेला परेको हो। शवको बाहिरी प्रकृति हेर्दा कुनै चोटपटक नदेखिएको प्रहरीले उल्लेख गरेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। निष्पक्ष खबर डटकममा यो खबर प्रकाशित छ।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया