Clean Water Campaign

Awareness Campaign

गुल्मी धुर्कोटको जैसिथोक र नयाँगाउँ जोड्न पक्की पुल बन्ने



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

हुमाकान्त पोखरेल, गल्मीः धुर्कोट गाउँपालिकाको वडा नम्बर १ नयाँगाउँ र वडा नम्बर ४ जैसिथोक जोड्न ठुल्दीमा पक्की पुल निर्माण हुने भएको छ।

पुलको आइतबार गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेलले शिलन्यास गरे। कुल तीन करोड ४१ लाख १४ हजार ४१९ रुपैँया ७४ पैसामा निर्माण हुन लागेको पुल आगामी पौष १७ गतेभित्र सक्नुपर्नेछ।

पुलको अञ्जना श्रेष्ठ जेभिले निर्माण जिम्मा पाएको छ। शिलान्यास कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष पोखरेलले ठुल्दीमा निर्माण हुन लागेको पुल गुल्मीमै पहिलो पटक पालिकाले निर्माण गर्न लागेको दाबी गरे।

सिंचाई
Forest
Ad.

गाउँपालिका उपाध्यक्ष शिव बहादुर खत्रीले निर्वाचनमा गरेको प्रतिवद्धताअनुसार काम हुन लागेको भन्दै खुसि व्यक्त गरे। पुल बनेपछि मुख्यत नयाँगाउँका नागरिकहरुलाई पालिका केन्द्रसम्म जान धेरै सजिलो हुने खत्रीले बताए।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया