Awareness

पाल्पा-तम्घास सडकखण्ड माघ २८ देखि दैनिक साढे ६ घण्टा बन्द

खबर

Place for ads

पाल्पा: पाल्पा-तम्घास सडकखण्डको जोर्ते क्षेत्रमा सडक मर्मत गरिने भएको छ। उक्त सडक १५ दिनसम्म मर्मत गरिने भएको हो।

सडक फराकिलो बनाउनका लागि यही माघ २८ देखि फागुन १३ गतेसम्म बिहान ९ देखि अपरान्ह ३ः३० बजेसम्म सडक बन्द हुने डिभिजन सडक कार्यालय पाल्पाले जनाएको छ।

Get Vaccinated

सडक डिभिजन कार्यालयका प्रमुख रामेश्वर लम्सालका अनुसार ढुङ्गा कटान गरी सडकमा राख्नुपर्ने भएकाले दिउँसो यातायातका साधन सञ्चालनमा समस्या भए पनि साँझ-बिहान सडक खुला रहने छ।

प्रदीप साइन जेभी बुटबलले सडक फराकिलो बनाउन थालेको छ। चट्टान कटान गरी सडक चौडा बनाउन थालिएको लम्सालले बताए। मायादेवी अनलाइनमा यो खबर छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *