Awareness

Get Vaccinated

गुल्मीमा अपाङ्गता भएका व्यक्ति माथि हुने याैन तथा लैङ्गिक हिंसाकाे अन्त्यका लागि अन्तर्क्रिया



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Place for ads

सन्तोष महतारा, गुल्मी: गुल्मीमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालकाे आयोजनामा ‘अपाङ्गता भएका व्यक्तिमाथि हुने याैन तथा लैङ्गिक हिंसा’ विषयक अन्तरक्रिया कार्यक्रम गरिएको छ। आइतबार जिल्लाकाे सदरमुकाम तम्घासमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका केन्द्रीय अध्यक्ष मित्रहरी शर्मा र लुम्बिनी प्रदेश अध्यक्ष गाेमा पाण्डेसहित गुल्मीका सराेकारवाला निकायहरूकाे उपस्थितिमा अन्तरक्रिया कार्यक्रम गरिएको हो।

राष्ट्रिय अपाङ्ग महासंघ नेपालका केन्द्रीय अध्यक्ष शर्माले आफूहरुले कानुन/नीति बनाउने, जनचेतना जगाउने, नेटवर्किङ र संस्थासँग आबद्ध भएकाहरुकाे क्षमता विकास गर्ने आफूहरूकाे मुख्य काम भएको बताएका थिए।

अन्तरक्रिया कार्यक्रममा रेसुङ्गा नगरपालिकाकी उपप्रमुख सिता भण्डारीले वास्तविक अपाङ्गता भएकाहरुलाई परिचयपत्र वितरण गरेर न्याय दिएको र नक्कली अपाङ्गता बन्नेहरुलाई पहुँचकाे भरमा परिचयपत्र दिने कुनै काम नभएको बताएकी थिइन्। प्रमुख अतिथि भण्डारीले वास्तविक अपाङ्गता भएकाहरुलाई मात्र आफुहरुले परिचयपत्र दिएको बताइन् । वास्तविक अपांगतालाई न्याय दिने र नक्कली अपाङ्ग बन्नेहरुलाई परास्त गर्ने उनको जाेड थियो।

इस्मा गाउँपालिकाकी उपाध्यक्ष विमला खत्रीले आफूहरुले अपाङ्गता भएकाहरुकाे सेवा र सुविधाको लागि कार्यविधि बनाएर छुट्टै बजेट विनियोजन गरि काम भएको बताइन्।

कार्यक्रममा आशा अपाङ्ग केन्द्र गुल्मीकी उपाध्यक्ष गंगा रायमाझीले विश्वका सबै देशमा अपांगहरु हेपिएकाे भन्दै यसको अन्त्य हुन जरुरी रहेको बताइन्। अफ्रिकी देशमा अपांग हुनु भनेको पुर्व जन्मकाे फल हो भनेर अपाङ्गता धेरै हेपिएकाे आफूले देखेको भन्दै त्यसतर्फ आफ्नो आन्दोलन जारी रहने रायमाझीले बताएकी थिइन्।

अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष टाेपलाल अर्यालले अपाङ्गताकाे विषयमा सामुहिक प्रयास हुन नसकेको बताएका थिए । स्थानीय सरकारले पनि अभियान अगाडि नबढाएकाेले त्यसतर्फ ध्यान उपस्थित जनप्रतिनिधिहरुलाई अर्यालले आग्रह गरे। पहुँचवालाकाे भरमा सेवा सुविधा केन्द्रित भएको तर लक्षित वर्गले सेवासुविधा नपाएकोले त्यसतर्फ सबैले ध्यान दिनुपर्ने पत्रकार अर्यालले बताए।

अन्तरक्रिया कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरु आफ्नो परिवार र समाजमा धेरै हेपिएकाे भन्दै जनचेतना जगाएर यसको अन्त्य गर्नुपर्ने सहभागीहरुले जाेड दिएका थिए। अपाङ्गता कुनै ब्याक्तिगत र निजि समस्या नभई सामाजिक समस्या भएकोले अपाङ्गता भएकाहरुलाई हुने हिंसाकाे अन्त्यका लागि अभियान चलाउनुपर्नेमा सहभागीहरुकाे जाेड थियो।

Awareness by SKF

राष्ट्रिय अपाङ्ग महासंघ गुल्मीका अध्यक्ष लाेकनाथ पन्थीकाे अध्यक्षता र राष्ट्रिय अपाङ्ग महासंघ लुम्बिनी प्रदेश अध्यक्ष गाेमा पाण्डेकाे संचालनमा अन्तरक्रिया कार्यक्रम गरिएको थियो। कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल गुल्मीका लेखा संयाेजक राममणी पन्थीकाे स्वागत मन्तव्य रहेको थियो। कार्यक्रममा सराेकारवालाहरुकाे उपस्थिति रहेको थियो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया