Awareness

Get Vaccinated

गुल्मीमा लघुवित्तीय संस्थाहरुले ऋण लिन सिकाए, उत्पादन र आत्म निर्भर बन्न सिकाएनन्



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Place for ads

गुल्मीः जिल्लाको गुल्मीदरबार गाउँपालिका वडा नम्बर ४ बीरबासकी ३५ बर्यीय रिता थापा लाई(नाम परिवर्तन) पहिले कर्जा भन्ने बित्तिकै सातो जान्थ्यो।

पसलमा तीन सय रुपियाँ ऋणहँुदा पनि पसलेले देखे भने के भन्लान र सबैको सामुने मागेर बेइजत गरिदिने हुन् की भनेर आफूलाई डर लाग्ने गरेको उनले बिगत स्मरण गरिन् ।

त्यो ऋण नतिरे सम्म आफू बजारमा सहज तरिकाले हिड्न पनि दुःख लाग्ने गरेको उनी सुनाउँछिन् । पछि गाउँमा विभिन्न लघुबित्तहरु भित्रिए। उनीहरुले गाउँमा समुह गठन गरे, कर्जा लिने बिषयमा तालिम पनि दिए। तर कसरी आयआर्जन गर्ने र आत्मनिर्भर बन्ने भन्ने बारेमा कहिलै ज्ञान नदिएको कर्जा लिनेहरुको गुनासो छ ।

लघुबित्तबाट लिएको ऋणले केही उत्पादन गर्न नसकिएको , घरखर्च र यताउता गर्दा नै सकिएको र अहिले त्यही ऋण तिर्न नसकेर समस्या भएको उनको भनाई छ ।

उनले २ बर्ष पहिले गौडाकोटमा रहेको ग्लोबल आइएमई लघुबित्त वित्तीय संस्थाबाट एक लाख ५० हजार रुपियाँ २० प्रतिशत ब्याजमा कर्जा लिइन् ।

संस्थाका कर्मचारीहरुले पुरानो कर्जा चुक्ता गर्नुहोस ५ लाख रुपियाँ अरु निकासा गरिदिन्छौ भने । गाउँघरमा हारगुहार गरेर पुरानो रकम चुक्ता त गरियो तर थप पाँच लाख संस्थाले नदिएको र पुरानो रकम असुल गर्नका लागि यस्तो तिकडम रचेको उनको आरोप छ ।

सोही स्थानकी अर्की सीता पेमीले (नाम परिवर्तन) पनि सोही संस्थाबाट कर्जा लिइन् । उनको पनि ब्यथा उस्तै छ ।

Awareness by SKF

संस्थाबाट लिएको कर्जा तिर्न नसकेर समस्या भएको र रातमा पनि संस्थाका कर्मचारीहरु घरमा आएर मोवाइल लगायतका अन्य सामानहरु उठाइदिन्छौ भनेर धम्की दिने गरेको उनको गुनासो छ ।समयमा खान र रातमा राम्रोसंग निद्रा पनि नपर्ने गरेको उनको भनाई छ ।

एउटै ब्यक्तिले सात देखी १० वटा वित्तीय संस्थााहरुबाट कर्जा लिदै आएका छन् ।

यी त उदाहरण पात्र मात्रै हुन धेरै ब्यक्तिहरुले लघुबित्तीय संस्थाबाट कर्जा लिएका र कर्जा चुक्ता गर्न नसकेर सम्पर्क बिहीन जस्तै भएका ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले जनाएको छ ।

यता गुल्मीदरबार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले गाउँगाउँमा लघुबित्तहरुको विगविगी रहेको स्विकार गरे ।

संस्थाहरुले गाउँमा छिरेर महिलाहरुलाई संगठित गरी कर्जा प्रबाह गरेको र गाउँपालिकालाई कुनै जानकारी समेत नदिएको उनको भनाई छ ।

लघुवित्तीय संस्थाहरुलाई बोलाएर छलफल गर्ने र समस्याको समाधान गर्ने गरी आफूहरु लागेको उनको दाबी छ ।

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका प्रमुख रामहरी पौडेल केहि समय अगाडी देखी बिदामा रहेको र पटक पटक फोन सम्पर्क गर्दा पनि फोन उठन सकेको छैन।

केही दिन पहिले जिल्ला प्रशासन कार्यालय गुल्मीको एक छलफलमा पनि गाउँमा लघुवित्तीय संस्थाहरुको विगविगी रहेको स्थानीय तहका जनप्रतिनिधिहरुले गुनासो गरेका थिए ।

उनीहरुले लघुबित्तीय संस्थाहरुलाई नियमन गर्न नसकेमा झन ठूलो समस्या आउने बताएका थिए । गाउँमा हुने पारिवारीक कलह, बेमेल जस्ता घटनाहरु यस्तै कारणले निम्तने गरेको उनीहरुको गुनासो थियो।

गाउँपालिका मार्फत प्रधानमन्त्री समक्ष माग पत्र

लघुवित्तीय संस्थाहरुले महिलाहरुलाई गाउँमा खुसुखुसु समूह गठन गर्दै अनुत्पादक क्षेत्रमा लगानी गरि उठिबास लगाउन लागेको भन्दै यस्ता प्रवृत्तिहरु रोक्नका लागि प्रधानमन्त्री समक्ष माग पत्र बुझाइएको छ।

लघुवित्तीय संस्था विरुद्धको संघर्ष समन्वय समितिका संयोजक मनिराम ज्ञवालीले ५ बुँदे माग राख्दै गुल्मीदरबार गाउँपालिका मार्फत प्रधानमन्त्रीलाई माग पत्र बुझाएका छन्।

यदि समस्या समाधान नभए चरणबद्ध आन्दोलनमा जाने ज्ञवालीले चेतावनी समेत दिएका छन्।

माग पत्र बुझदै गुल्मीदरबार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले माग पत्र जस्ताको तस्तै प्रधानमन्त्री कार्यालयमा पठाउने र समस्याको समाधान गर्न आफूहरु पनि लाग्ने बताए। यो खबर खबर मार्केट डटकमबाट साभार गरिएको हो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया