Awareness

Get Vaccinated

आर्थिक अभावमा मुसिकोटका पूर्ण कुमालको उपचारमा समस्या, सहयोगको लागि आग्रह



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Place for ads

गुल्मी: पिसाब सम्बन्धी गम्भीर स्वास्थ्य समस्या भएर पनि आर्थिक अभावका कारण उपचार गराउन नसकी घरमै बसेका मुसिकोट नगरपालिका-३, तोलादी, गुल्मीका पूर्ण कुमाल अहिले काठमाडौं स्थित शिक्षण अस्पतालमा उपचाररत छन्। केही मनकारी व्यक्तिहरुको सहयोगमा उनि त्यहाँ पुगेपनि आर्थिक अभावका कारण उपचारमा बाधा उत्पन्न भएको छ।

जिटिभी नेपाल युट्युब च्यानल मार्फत उनको दयनीय अवस्था सार्वजनिक गरिएपछि करिब एक लाख बराबरको नगद र जिन्सी सामानहरु सहयोग स्वरुप प्राप्त भएपछि उपचारार्थ उनलाई काठमाडौं लगिएको थियो।

आर्थिक अभावमा छोराको उपचार नहुने हो कि भन्ने चिन्ताले सताइरहेको उनका बुवाले बताए। उनले भने, ‘हामीलाई कसैले ऋण दिदैनन्। तेत्रो पैसा कहाँबाट जुटाउँ? मेरो छोराको उपचारका लागि सहयोगको याचना गर्दछु। छोराको जीवन रक्षा गरी हाम्रो खुसी फर्काइदिनुहोस्।’

अतिविपन्न परिवारका उनको अवस्था देखेर हाल विभिन्न मुलुकमा कार्यरत मुसिकोटवासीहरुले ‘पूर्ण कुमाल बचाऔँ अभियान’ सञ्चालन गरिरहेका छन्। तपाईं पनि उनको जीवन रक्षार्थ आर्थिक सहयोग प्रदान गर्न चाहनुहुन्छ भने हाल चेक रिपब्लिकमा कार्यरत ऋषिराम गिरी, जापानमा कार्यरत युवराज कुमालदिपक कार्कीलाई सम्पर्क गर्न सक्नुहुन्छ। अथवा पत्रकार दिपक नेपाली मार्फत पनि सहयोग पुर्याउन सक्नुहुन्छ।

यस अभियान अन्तर्गत हालसम्म सहयोग गर्ने सहयोगदाताहरुको विवरण:

सहयोगदाताको नाम ठेगाना सहयोग रकम
ऋषिराम गिरी मुसिकोट-३, तोलादी रु. ५,०००/-
केशव अधिकारी मुसिकोट-३, तोलादी रु. ५,०००/-
दिपक कार्की मुसिकोट-३, तोलादी रु. ५,०००/-
विशाल अधिकारी मुसिकोट-३, तोलादी रु. ५,०००/-
अन्जु कार्की थापा मुसिकोट-३, तोलादी रु. ५,०००/-
किरण रायमाझी मुसिकोट-२, कालिरह रु. ७,५००/-
युवराज कुमाल मुसिकोट-३, तोलादी १०,००० जापानी येन
अर्जुन घिमिरे सिमलचौर, बागलुङ, हाल: जापान ५,००० जापानी येन
खिम ब. खत्री हरिचौर, बागलुङ ५,००० जापानी येन
रविन कक्षपति वामी, गुल्मी, हाल: जापान ५,००० जापानी येन
खडानन्द भन्डारी मुसिकोट-३, तोलादी रु. ५,०००/-
भिम प्रसाद सापकोटा ___ २,००० जापानी येन
विष्णु अधिकारी मुसिकोट-३, गुल्मी ५,००० जापानी येन
सुजन खराल ___ २,००० जापानी येन
दिपक बौद्धाचार्य मुसिकोट-७, झेँदी, गुल्मी ५,००० जापानी येन
मणि प्रसाद घिमिरे खर्बाङ्ग, बागलुङ २,००० जापानी येन
घनश्याम सुवेदी पर्वत २,००० जापानी येन
किशोर कुमाल मुसिकोट-३, हाल: लखनउ रु. ५,०००/-
नारायण कुमाल वामी, गुल्मी, हाल: जापान १०,००० जापानी येन
ध्रुव कार्की मुसिकोट-४, फेँदी, हाल: जापान ५,००० जापानी येन
प्रेम प्रसाद आचार्य कुडुले, बागलुङ, हाल: जापान २,००० जापानी येन
सन्जु श्रीष पाण्डवखानी, बागलुङ, हाल: जापान २,५०० जापानी येन
किशोर रायमाझी मुसिकोट-२, कालिरह रु. ७,५००/-
चन्द्र अधिकारी मुसिकोट-२, कालिरह रु. ५,५००/-
लक्ष्मी सारु मुसिकोट-२, कालिरह रु. २,०००/-
संगीता+सुमित्रा खत्री मुसिकोट-३, तोलादी रु. ५,०००/-
किस्मत जिसी मुसिकोट, गुल्मी ५,००० जापानी येन
चिरन घिमिरे मुसिकोट-७, परुवा २,००० जापानी येन
कमल खत्री शान्तिपुर, गुल्मी १,००० जापानी येन
ओम प्रकाश रिजाल बागलुङ, हाल: जापान ३,००० जापानी येन
कृष्ण खत्री मुसिकोट-३, नौबिसे ३,००० जापानी येन
दिपक कुँवर मगर मुसिकोट-३, तोलादी, गुल्मी ५,००० जापानी येन
हिमाल महत मुसिकोट-३, पेँगा, गुल्मी रु. २,५००/-
विक्रम केसी मुसिकोट-३, झरुवा रु. २,५००/-
शिवलाल खराल मुसिकोट-३, तोलादी रु. २,५००/- + रु. १०,८००/-
विरबल राना मुसिकोट-३, तोलादी रु. ५,५००/-
गिरिराज शाह गोरखा, हाल: जापान १,००० जा. येन
दिपक चापागाईं दपासा, बागलुङ ३,००० जा. येन
रुपेन्द्र वन राक्से, बागलुङ १,००० जा. येन
हरि गौचन मुसिकोट-७, झेँदी, गुल्मी रु. ५,०००/-
हरि ब. घर्ती मगर बलेटक्सार, गुल्मी २,००० जा. येन
बैकुण्ठ रायमाझी मुसिकोट-७, काफलटोला, गुल्मी रु. ५,५५५/-
जीवन केसी मुसिकोट-२, रातचौर, गुल्मी रु. २,५००/-
शंकर बुढा मुसिकोट-७, झेँदी, गुल्मी रु. २,५००/-
दुर्गा केसी मुसिकोट-२, झरुवा, गुल्मी रु. १,०००/-
अचित केसी सैनामैना-२, बाँसघारी, रुपन्देही रु. ५,०००/-
लक्ष्मण गैरे भरतपुर-९, सरतपुर रु. ५,०००/-
प्रेम महत ढोरपाटन-२, टाँडी रु. ३,५००/-
नितेश काफ्ले विराटनगर-११, मधुमार रु. १,०००/-
दौँतरी ग्रुप मुसिकोट नगरपालिका, गुल्मी रु. ३,०००/-
दिपक निउरे दपसा, बागलुङ २,००० जा. येन
नारायण सुवेदी मल्लाद, पर्वत १,००० जा. येन
खिमानन्द निउरे दपसा, बागलुङ १,००० जा. येन
हालसम्म कुल संकलित रकम ने. रु. १,२२,८५५/- + ९२,५०० जा.येन

अन्तिम पटक अद्यावधिक गरिएको: फेब्रुअरी १३, २०२१, बिहान ८ बजे

पूर्ण कुमालको पछिल्लो अवस्थाबारे जानकारी लिन यो भिडियो हेर्नुहोस्:

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया