Awareness

नेकपा एमाले मुसिकोटको आयोजनामा सचिवालय बैठक वामीटक्सारमा सम्पन्न

खबर राजनीतिका खबर

Place for ads

गुल्मी: नेपाल कम्युनिष्ट पार्टी एमाले मुसिकोट नगरपालिकाको आयोजनामा आज गुल्मीको वामीटक्सारमा सचिवालय सदस्य स्तरीय बैठक सम्पन्न भएको छ। पार्टीको वर्तमान अवस्था र आगामी रणनीतिको बारेमा महत्वपूर्ण छलफल गर्नका लागि बैठक आयोजना गरिएको एमाले मुसिकोटले जनाएको छ।

बैठकमा जिल्ला पार्टीको तर्फबाट नेकपा एमाले गुल्मी जिल्ला पार्टी इन्चार्ज दिनेश पन्थी, जिल्ला कमिटी अध्यक्ष बालसिङ काउछा, लुम्बिनी प्रदेश कमिटी सदस्य गोपाल गिरी, जिल्ला कमिटी उपाध्यक्ष कृष्ण सुनार, जिल्ला कमिटी सचिव गणेश श्रीपाली, उपसचिव धर्म विश्वकर्मा, मुसिकोट नगर प्रमुख तथा एमाले नेता सोमनाथ सापकोटा, जीवन खरेल लगायतका नेताहरुले महत्वपूर्ण भनाइहरु मन्तव्यको क्रममा राख्नुभएको थियो।

Get Vaccinated

बैठकमा जिल्ला कमिटीमा मुसिकोटबाट प्रतिनिधित्व गर्ने जिल्ला कमिटी सदस्यहरु, नगर सचिवालयका सदस्यहरु, मुसिकोट नगरपालिकाका प्रत्येक वडाहरुबाट वडा कमिटी अध्यक्षहरुको सहभागिता रहेको थियो।

आजको बैठकले एमालेले मुसिकोट नगरपालिका भित्रका वडाहरुमा पार्टी संगठनलाई मजबुत बनाउनका लागि महत्वपूर्ण रणनीति तयार गरी अगाडि बढ्ने निर्णय समेत गरेको छ।

केही समय अगाडि देखि प्रायोजित ढङ्गबाट प्रत्येक वडाहरुमा विपक्षी राजनीतिक दलहरुले भ्रमहरु सिर्जना गरेकोले उक्त भ्रमहरु चिर्दै जनताको हकहितका लागि जस्तोसुकै सकारात्मक भूमिका निर्वाह गर्नको लागि पार्टी तयार भएको र सम्पूर्ण नेता तथा कार्यकर्ताहरु एक ढिक्का भएर समस्याहरु संग जुध्नको लागि अगाडि बढ्ने समेत निर्णय भएको बैठकमा सहभागी नेताहरुले बताउनु भएको छ।

Awareness by SKF

बैठकमा अतिथीहरुलाई उहाँहरुले पार्टीको जिल्ला अधिवेशनमा प्राप्त गरेको महत्वपूर्ण जिम्मेवारीको सम्मान गर्दै खुशियालिमा बिशेश सम्मान गरिएको हो।

एमाले गुल्मीले गुल्मी जिल्ला भित्रका प्रत्येक पालिकामा पुगि कमिटीका बैठक सप्पन्न गर्ने, आवश्यक निर्णय लिनेगरी कामलाई अगाडि बडाएको जिल्ला अध्यक्ष बालसिङ काउछाले हामी संगको कुराकानीमा बताउनु भयो।

एमाले मुसिकोट नगर कमिटी अध्यक्ष प्रकाश काफ्लेको अध्यक्षता रहेको बैठकमा उपाध्यक्ष रामबहादुर थापाको स्वागत मन्तव्य रहेको थियो भने संचालन नगर कमिटी सचिव गोपीकृष्ण खरेलले गर्नुभएको थियो। युनिक खबर डटकममा यो खबर प्रकाशित छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *