गुल्मी: लुम्बिनी प्रदेश सरकारको शिक्षा तथा सामाजिक विकास निर्देशनालय दाङ्द्वारा गुल्मीका ९ वटा माध्यामिक विद्यालयहरुलाई कक्षा कोठा निर्माणका लागि रकम विनियोजन भएको छ।
नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कार्यालय सचिव तथा पुर्व सामाजिक विकास मन्त्री सुदर्शन बरालका पुर्व स्वकिय सचिव यदु ज्ञवालीका अनुसार ती ९ वटा माध्यामिक विद्यालयहरुमा दुई-दुई वटा कक्षा कोठा निर्माणका लागि प्रति विद्यालय २० लाखका दरले रकम विनियोजन गरिएको हो।
ती विद्यालयहरुमा मुसिकोट नगरपालिका-३ चौरमा रहेको जनजागृति मावि, कालिगण्डकी गाउँपालिका–२ दभौखानी मावि, चन्द्रकोट गाउँपालिका–६ हरेवा मावि, रेसुङ्गा नगरपालिकाको शिद्धबाबाबा मावि र रेसुङ्गा माविमा उक्त रकम विनियोजन भएको हो।
त्यस्तै रेसुङ्गा नगरपालिका-५ को जनसहयोग मावि , चन्द्रकोट–५ को ग्वाघा मावि , छत्रकोट–५ , पल्लीकोटमा रहेको जनज्योति मावि र धुर्कोट –३ को निन्युखर्क माविलाई पनि कक्षा कोठा निर्माणका लागि २०-२० लाख रकम प्रदेश सरकारको शिक्षा निर्देशनालयबाट विनियोजन भएको छ।
क्षेत्र नम्बर १ का पुर्वसभासद तथा हालका सो क्षेत्र प्रदेश ‘क’ सांसद रहेका पुर्वमन्त्री सुदर्शन बराललाई आफ्नो क्षेत्रमा मात्रै विकास बढि राख्ने गरेको यस अघि आरोप लाग्ने गरेको भए पनि यसपाली भने गुल्मीमा ९ वटा विद्यालयलाई कक्षा कोठा परेकोमा दुवै क्षेत्रलाई समेट्न खोजिएको विवरणले देखाउँछ।
शिक्षा विकास डिभिजन कार्यालय पाल्पाका प्रमुख हरिलाल अर्यालका अनुसार पाल्पका पनि ७ वटा माध्यामिक विद्यालयहरुलाई २०-२० लाख रुपैयाँ परेको छ। यो खबर ग्लोबल आवाजबाट साभार गरिएको हो।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |