Awareness Campaign

गुल्मीमा मोटरसाइकल दुर्घटनाका घाइते पदम परियार बचाउ अभियान



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

प्रेम सुनार, गुल्मी: यहि माघ १२ गते राति गुल्मीको सिमलटारी ढावा बजारमा मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते भएका ३१ वर्षीय पदम परियारको अझै होस् खुलेको छैन। त्यस दिन राति करिब १० बजेको समयमा ढावा बजारमा लु ५५ प ७३१३ नम्वरको मोटर साइकल दुर्घटनामा परि गम्भीर घाइते भएका परियारको घर मदाने गाउँपालिका-३ साविक सिर्सेनी गाविसको भुजुङ्गे हो।

उनि मालिका गाउँपालिका-८ को सिमलटारी बजारमा एउटा मेशिन राखेर कपडा सिलाउँदै ६५ बर्षीया वृद्धा आमालाई पालेर बस्दै आएका थिए। सम्पत्तीका नाममा सानो झुपडी घर शिवाय केहि नभएका परियार दुर्घटनामा गम्घीर घाइते भई सिमलटारी बजारका व्यापारी तथा समाजसेवीहरुले चन्दा संकलन गरि लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभासमा उपचारका लागि लगेका छन्।

सिमलटारी बजारका समाजसेवीहरुले करिब १ लाख चन्दा संकलन गरि पठाउनु भएको हो , त्यस सिमलटारी बजार ब्यवस्थापन समितिका अध्यक्ष खड्क नेपालीले भने, ‘म अहिले गम्भीर घाइते पदम परियार संगै छु , अझै होस खुलेको छैन् , उपचार खर्च भएमा उनि खतरामुक्त हुने डाक्टरको भनाई छ। उपचार खर्च दिनको ३० देखि ३५ हजार सम्म लाग्ने गरेको छ। यसर्थ सबै संग सहयोगको अपिल गर्दछौँ।’

Forest
Forest
Ad.

बाबुको सानै छाँदा मृत्यु भएको थियो। पदम परियार त्यस घरका कान्छा छोरा हुन्, दुई दाजुहरु एक दशक देखि भारतमा सम्पर्क विहिन छन्। वृद्धा आमालाई दुई दाजुहरुले नहेरे पछि उनै पदमले सिलाउने पेशा गरि पालेका थिए। ‘लगानी नभएका कारण कपडाहरु राख्न सकेको थिएन् , कसैले सिलाई दे भने सिलाउने गर्दै आएका थिए, नेपालीले भने, ‘दुई बर्ष अघि वन फिप्टी पल्सर किस्तामा किनेको थियो। केहि दिन अघि किस्ता तिर्न नसकेर बैंकले उसको बाईक तान्न खोजे पछि हामीले रकम खोजेर किस्ता बुझाई दिएका थियौं , दुर्भाग्य त्यसै वाईकले उसको अहिले यो हालत बनाई दिएको छ।’

सिमलटारी बजारको जिवन टेलर नामक पसल राखेका उनि अविवाहित हुन। उनको टाउँको बाटा बगेको रगतले घटनास्थलमा पोखरी परेको थियो। एउटा खुट्टा दुई ठाउँबाट भाँचिएको र अप्रेसन गरेर टाउँकोमा जमेको रगत झिकिएको नेपालीले बताए।

अप्रेशन पश्चात खुट्टा सामन्य चलाए पनि होस खुल्न नसकेका कारण उनको अवस्था अझै चिन्ताजनक रहेको उनी बताउँछन्। उनले समस्त दयालु मनहरुलाई पदम परियार बचाउ अभियान जारि गर्न अपिल गर्दै भने, ‘हामीले सिर्सेनी समाज पेज सञ्चालन गरका छौँ , त्यस मार्फत करिब ४५ हजार रुपैयाँ संकलन भएको छ।’

सहयोगी मनहरुले त्यस मार्फत वा सिधै फोन सम्पर्क गरी सहयोग गर्न सक्नु हुने छ। सम्पर्कका लागि उनै खड्क नेपालीको मोबाइल नम्बर ९८५७०७२०८६ वा मालिका गाउँपालिका कार्य समिति सदस्य पिताम्वर पौड्यालको मोबाइल नं. ९८५७०५७९९० दिइएको छ।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया