Hi-Speed Computer

Awareness Campaign

गुल्मीमा चोर पत्ता लगाउन धामी-झाँक्रीको सहायता लिँदा…



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

प्रेम सुनार, गुल्मी: गुल्मीको पल्लिकोट गाउँमा केहि दिन अघि भएको एक चोरीको घटना पत्ता लगाउन धामी झाँक्रीको सरणमा पुगेका छन्। हुन पनि धामीले कुखुरो हराउनु र स्याल कराउनु एकै साथ भने झैं ठ्याक्कै परिवारलाई चित्त बुझ्दा कुरा वकीदिए। एक जनाले मात्र हो र? दुई-दुई जना धामी कहाँ पुग्दा ठ्याक्कै एउटै जवाफ दिए कि–‘ आफ्नो गोत्र भित्रकी एउटी महिलाले चोरेर धेरै टाढा पुराएकी छ।’

संयोग के थियो भने गत पुस १९ गते जिल्लाको छत्रकोट गाउँपालिका-२ को त्यस पल्लीकोट गाउँमा एक जना वृद्धाको मृत्यु भएपछि बुटवलमा बस्दै आएकी उनकी एउटी नातिनी बुहारी २२ बर्षीया कृष्ण पल्ली हजुर आमाको मृत्यु भए पछि घर आएकी थिइन् । काजकियिराको कुनो सकेर बुटवल लागेकी थिइन्।

यता घरमा सुनको सिक्री हराए पछि पहिलो छिमेकी गाउँ झिरवासका धामीकहाँ पुगेर हेराए । उनले त्यही कुरा भनि दिए । फेरी गाउँ नजिकैको धामीलाई हेराउन गए उनले पनि ‘एउटै खावो गोत्रा भित्र कै महिलाले चोरेर धेरै टाढा पुर्याएकी छ ।’ भनि दिए । त्यसपछि –‘ हेलाकी बुहारी… के भने जस्तै स–परिवारले शंका उनै माथि गरेर ‘तुरुन्त घर आउनुपर्यो लामाकहाँ जानुपर्यो । चामल मन्तारेर खानु पर्याे नत्र हामी पुलिस लिएर हामी बुटवल नै आउँछौ भनेर धम्काए । उता बाटबुहारी कृष्णले राम्ररी खोज्नुहोस्, भेटिन सक्छ, धामी–झाँक्री कहाँ गएर हँुदैन प्रहरी कहाँ जानुस् भनेर सम्झाइन् । तर, परिवारका सदस्यले पटक्कै मानेनन् र उनी शनिबार साँझ पल्लीकोट स्थित घर आइन्।

Forest
Forest
Ad.

उनैले चोरी गरेको आशंकाले चुर भएर बाटैमा कुरेर बसेका परिवारका सबै सदस्य मिलेर उनलाई घरमा पनि टेक्न नपाई बाटैमा रोकेर धामीले मन्तरेको चामल खान दबाब दिए । सुर्खेत माईती घर भएकी ब्याचलरसम्म पढेकी बुहारी कृष्णाले धामीले फुकेर दिएको चामल खान केहि बेर मानिनन् । त्यसपछि धकाला–धकलको अवस्था आए पछि उनले त्यो चामल खान बाध्य भइन् ।

धामीले मन्तारेको चामल चोरेको मान्छेले खाए रगत छाद्छ भन्ने पिता पुर्खाको पालाको अन्धाविश्वास त्यस गाउँमा अझै रहेकोले धेरै बेर सम्म गाउँवासीले कति बेला रगत छाद्छे भनेर कुरिरहे । उनले राति अबेरसम्म रगत नछादे पनि ल हिड् धामीकहाँ भनेर दवाव दिइरहे । अत्यन्तै तनाव र असुरक्षित हुन थाले कृष्णाले प्रहरी कन्ट्रलोमा वृतान्त कुरा सुनाइन् । त्यस वडाका अडाध्यक्ष रुकबहादुर राकशकोटीसंग पनि पीडा पोखिन् । रास्कोटीले अहिले रातिको बेला धामी झाँक्रीकहाँ जानु पर्दैन भोलि प्रहरीमा जानुहोस भनेर सुझाव दिए ।

आइतबार विहान उनले रुँदै आफू एक्लै परेको टाढा माइती भएकोले आफ्नो पक्षमा बोली दिने कोही नभएको सुनाउँदै थिइन्। उनको पीडा हामीले जिल्ला प्रहरी प्रमुख एसपी गोपालचन्द्र भट्टराई समक्ष राखे पनि उनले मातहतको प्रहरी खटाएर त्यहाँ पठाए । यो समाचार तयार पार्ने बेलासम्म मन्तारेको चामल खुवाउन बाध्य पार्ने उनकी जेठानी दिदी बिष्णु पल्ली र खान बाध्य हुने उनै कृष्णलाई प्रहरीले लगेर श्रृङ्गा प्रहरी चौकीमा छलफल हुँदै गरेको छ ।

उनि भन्छिन्–‘ मैले नै चोरेका धामीबाट आशंका गरिए पछि म हिजो बुटवल बाट घर आउँदै थिएँ । जेठानी दिदी सहित बाटो कुरेर बसेका परिवारका धेरै जनाले मलाई घरमा पुग्नै नदिई बाटैमा धकाल्दै र लक्षार पक्षार गर्दै धामी कहाँबाट फुकाएर ल्याइएको चामल खुवाए । त्यसले पनि मैले चोरी गरेको खुल्न नसके पछि हिजो राति नै लामाकहाँ जाउँ भनेर दवाव दिइरहे।

Awareness by SKF

राति १२ बजेसम्म मलाई दवाव दिई रहे पछि मैले पुलिसको कन्ट्रोलमा फोन गरेर जानकारी दिएँ। वडाध्यक्षलाई फोन गरें । उहाँले हिजो भन्नु धामी झाँक्रीमा जानु पर्दैन भोलि पुलिसकहाँ गएर कानुनी प्रकृयामा जानु भन्दै हुनुहुन्थ्यो । उहाँले फोन त्यसो भन्दा भोलि भोट माग्न आउन पर्दैन भन्दै थिए ।’

“मेरो यहाँ अगाडी पछाडी लागेर बोलि दिने कोही छैन् । दुई जना धामीले मलाई सिक्री चोरेको संकेत गरेका रहेछन् । मैले उनिहरुलाई चिन्दीन । पुलिसमा जाउँ भन्दै हुँदैन पहिला धामीकहाँ जाउँ भनेर दवाईव दिई रहेका छन । म रोएर बसीरहेकी छु।’ उनले भनिन् ।त्यहाँका वडाध्यक्ष रुकबहादुर राकशकोटी संग सम्पर्क राख्दा उनले त्यस गाउँमा बिशेष गरि महिलाहरुले धामी झाँक्रीमा बिश्वास गर्ने र भैसी थलिए पनि धामीकहाँ हेरखोर गर्न जाने गरेको बताए ।

धामीले मन्तारेको चामल खाने बाध्य भएकी महिलाका श्रीमान हिरा पल्ली भारतको रोजगारमा छन् । उनि पल्लीसंग २०७६ साल असोज २८ गते विवाह गरि गुल्मी आएको बताउँछिन् । अन्ध विश्वासका कारण महिला माथि हिंसा गरिएको सरोकारवालको भनाई छ। मन्तरेको चामले खुवाउन दवाव दिने मध्येकी जेठानी विष्णु पल्लीले पनि जुन धामीलाई हेराए पनि एउटै कुरा बकेकोले उसैले आफ्नो सुनको सिक्री चोरको आशंका लागेर चामल खुवाएको स्वीकार गर्दै फेरी उनलाई धामीकहाँ नै जाउ भनेको बताइन् । उनका देवर मिनबहादुर पल्लीले पनि धामीका कारण उनैमाथि शंका गरिएकोले त्यसै गरिएको बताए। हराएको सुनको सिक्री डेढ तोलाको भएको परिवारको भनाई छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया