Hi-Speed Computer

Awareness Campaign

गुल्मीको एक विद्यालयले पायो अन्तर्राष्ट्रिय अवार्ड, गुल्मेलीहरुद्वारा खुसी व्यक्त



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

सन्तोष महतारा, गुल्मी: गुल्मीको सिद्धबाबा माध्यमिक विद्यालयले ‘इन्टरनेशनल स्कुल अवार्ड’ प्राप्त गरेको छ।

जिल्लाको सदरमुकाम तम्घासमा रहेको शैक्षिक धरोहरका रुपमा परिचित सिद्धबाबा माध्यमिक विद्यालयले ब्रिटिश काउन्सिलद्वारा प्रदान गरिने ‘इन्टरनेशनल स्कुल अवार्ड प्राप्त गरेको हो।

अन्तर्राष्ट्रिय रुपमा विद्यालयलाई उत्कृष्ट स्तरको मान्यता दिने इन्टरनेशनल स्कुल अवार्ड प्राप्त गरेपछि गुल्मेलीहरुमा खुसियाली छाएको छ।

Forest
Forest
Ad.

सिकाइ र सिकाइलाई समृद्ध बनाउने योजनाले व्रिटिस काउन्सिलले प्रदान गर्ने यो अवार्ड गुल्मीमा सामुदायिक विद्यालयले पहिलोपटक पाएको हो।

विद्यालयले ब्रिटिश काउन्सिलद्वारा प्रदान गरिने इन्टरनेशनल स्कुल अवार्ड प्राप्त गर्न सफल भएको खुसीयालीमा उक्त अवार्ड प्राप्त गर्न खटिने संयोजक, योजनाका प्रमुख, सदस्यहरू र त्यसमा संलग्न सम्पूर्ण शिक्षक, विद्यार्थी तथा कर्मचारीहरु प्रति आभार प्रकट गरेको छ।

विद्यालयका प्रधानाध्यापक डोरविक्रम श्रीषले शिक्षा विकास तथा समन्वय इकाइ, रेसुङ्गा नगरपालिका प्रमुख तथा प्रतिनिधिहरु, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, सल्लाहकार समितिका पदाधिकारीहरु, स्थानीय साझेदार विद्यालयहरुलाई अन्तरहृदयदेखि नै स्मरण गरेको बताएका छन।

त्यस्तै ब्रिलियण्ट युनाइटेड एकाडेमीका प्रधानाध्यापक तथा विद्यार्थीहरु, परियोजना कार्यसंग सम्बन्धित कार्यालय तथा संघ संस्थाहरूमा जिल्ला वन कार्यालय, कफी प्रशोधन केन्द्र टक्सार, जिल्ला आयुर्वेद औषधालय साथै अभियानमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पूर्णलाई धन्यवाद दिदै सबै प्रति आभार प्रकट गरेका छन्।

Awareness by SKF

यो अवार्ड विद्यालयहरुलाई उत्कृष्ट स्तरको मान्यता दिने अन्तर्राष्ट्रिय अवार्ड हो। अहिले यो विश्वका ३१ देशमा छ। अहिलेसम्म विश्वका २ सय ६७ विद्यालयहरुले यो अवार्ड प्राप्त गरिसकेका छन्।

यो अवार्ड रुपन्देहीको कालिका माध्यमिक विद्यालयले पनि प्राप्त गरेको छ। गुल्मीमा यो अवार्ड प्राप्त गर्ने सामुदायिक विद्यालय तर्फ सिद्धबाबा माध्यमिक विद्यालय पहिलो हो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया