Smoking Causes Cancer

बझाङमा वडा अध्यक्ष र सचिवलाई कालोमोसो



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

बझाङ: विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अनेरास्वियु(क्रान्तिकारी)का कार्यकर्ताले बित्थडचिर गाँउपालिका-८ का वडाध्यक्ष जयबहादुर मल्ल र वडासचिव दत्तराम अवस्थीलाई कालोमोसो दलेका छन्।

वडाको योजनामा करोडौं भ्रष्टाचार गरेको, कमिशन दिनेलाई मात्र उपभोक्ता समितिमा राखेको, मृतकको नाममा सामाजिक सुरक्षा भत्ता दुरुपयोग गरेको लगायत आधा दर्जनभन्दा बढी आरोप लगाउँदै कालोमोसो दलेको अनेरास्वियु(क्रान्तिकारी)द्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ।

अनेरास्वियु(क्रान्तिकारी) सधैँ जनताको पक्षमा रहेको बताउँदै स्थानीयको रिपोर्ट र संगठनको अध्ययनको आधारमा जनहित विपरित कार्य गरेको ठहर गर्दै कारबाही गरिएको अनेरास्वियु(क्रान्तिकारी)ले दाबी गरेको छ। यो खबर अनलाईन खबरबाट साभार गरिएको हो।

सिंचाई
Forest
Ad.

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया